खोलाले बगाउँदा एकको मृत्यु

रसुवामा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा रसुवाको उत्तरगया गाउँपालिका–१ खाल्टेका २८ वर्षीय ठुलोकान्छा तामाङ रहेका छन्। त्रिशूली नदीमा माछा मार्ने क्रममा बुधबार दिउँसो तामाङलाई खोलाले बगाएको थियो।

प्रहरी र स्थानीयले खोज्ने क्रममा बिहीबार नुवाकोट जिल्लाको बिदुर नगरपालिका– तुप्चे स्थित त्रिशूली जलविद्युतको नहरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।  उनको जिल्ला अस्पताल नुवाकोटमा पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको छ।

Comments

comments