खोलाले बगाउँदा विदेशी नागरिक बेपत्ता 

lantang-logo (1)

रसुवा  घट्खोलाले बगाउँदा बिहीबार बिहान  फ्रान्सकी ७१ वर्षीया हाटिङ्गर अलफ्राइड बगेर बेपत्ता भएकी हुन् ।

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार गोसाईकुण्ड गाउँपालिका-२, घट्खोलामा बिहिबार बिहान साढे १० बजे खुट्टा धुने क्रममा चिप्लिँदा उनलाई खोलाले बगाएको थियो । उनी मानसरोवर जानको लागि आएकी थिइन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उनको खोजी गरिरहेको छ ।

Comments

comments