गजल साहित्य :कसरी भनुँ त्यो फूलले दिल बिझाएको धेरै भयो

Rasuwa puru

रसुवाको भोर्ले गाविसमा जन्मेका युवा गजलकार हुन् पुरूषोत्तम पौडेल “रसुवा” रसुवाका एक नक्षत्रका रुपमा उदाएका सर्जक उनी साहित्य सिर्जनाको माध्यमबाट जिल्ला चिाउन लागेका छन् । उनको एक गजल प्रस्तुत छ

छातीको जुनले पोलेर म ननिदाएको धेरैभयो।

आनन्द के हो ? खुसी के हो ? था’नपाएको धेरैभयो।

 

ओखती कहीं भेटीएन न मिल्छ व्यथा सुनाउँन ।

कसरी भनुँ त्यो फूलले दिल बिझाएको धेरै भयो।

 

मदिरा साधन् बनेन यो मुटु भित्रको पिडा भुल्ने ।

साँच्चै हो मेरो नशाले मन् नझुलाएको धेरै भयो।

 

अरू के जित्ने आशा गरूँ गुमाईसकें जिवन् पनि

बाहिर खुशी भएनी मन् नरमाएको धेरैभयो।

 

उही नै थियो लुटी लग्यो अस्मिता मेरो पुरूषोत्तम

बुझेनौ कठै! मेरो व्यथा जो सुनाएको धेरैभयो।

Comments

comments