गणतन्त्र दिवसमा विरुवा रोपण

विरुवा

रसुवा , गणतन्त्र दिवस २०७६ को उपलक्ष्यमा धुन्चे स्थित  जिल्ला सरकारी वकिल कार्यालय रसुवाको परिसरमा जेठ गते १६ गते विहान विभिन्न प्रजातिका करिव २ सयवटा  विरुवा रापियाे ।

जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष कुलप्रसाद भट्टले राष्ट्रिय फूल लालीगुराँस रोपेर वृक्षारोपण कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो। सो अवसरमा गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष  कैसाङनुर्वु तामाङ, प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, सुरक्षा निकायकमा प्रमुख, नागरिक समाज, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू,  अधिकारकर्मी, पत्रकार समेतले  विरुवा रोप्नुभयो।

सहिदको सम्मान र सम्झनामा रोपिएका विरुवाको संरक्षण गर्दै निरन्तररुपमा मौसम र माटो अनुरुपका फलफूल रोपी यसलाई गणतान्त्रिक बगैँचाका रुपमा संरक्षण गर्ने हाम्रो प्रतिवद्धता समेत जनाइएकाे थियाे ।

Comments

comments