गरिव किसानको सम्मान गरेमात्र समृद्धि : मन्त्री लामा

69646166_2493283374233101_8791934493138092032_n

रसुवा, भदौ १९ गते । प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले कालिका गाउँपालिका -२ मा निर्माण हुन लागेको शित भण्डार भवनको सिलान्यास गर्दै पछि परेका गरिव किसानको सम्मान नगरे देशको समृद्धि हुन नसक्ने बताउनुभयो ।

मन्त्री लामाले भन्नुभयो ‘सरकारले सामान्य र तल परेका गरिव, भूमिहीन सानाकिसानको काम समयमै गरिदिने र कार्यालयमा सम्मान गर्ने परिपाटी नभएसम्म देशको समृद्धि हुँदैन ।’ उहाँले शित भण्डार निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गरेर पुरस्कार लिन अनुरोध गर्नुभयो । समयमा काम गरे पुरस्कार, नगरे जनताले तिरस्कार गर्ने हुनाले स्थानीय सरकार पनि उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।

शित भण्डार निर्माणले रसुवामाको उत्तरी क्षेत्रमा धेरै आलु उत्पादन हुने हुनाले फलफलुल, तरकारी राख्न शित भण्डार निर्माण भएपछि कृषि उत्पादनमा जोड् दिन अनुरोध गर्दै मन्त्रीले तरकारी, स्याउ र पशुजन्य उत्पादन, माछापालन जोड्दिन तथा गोसाईकुण्ड, लाङटाङ जस्ता पर्यटकीय क्षेत्र रसुवामै रहेकोले त्यसको विकास गरी रसुवागढी नाका व्यवस्थित गर्न सके देशकै समृद्धिमा टेवा पुग्ने बताउँनुभयो । उहाँले प्रदेश सरकारले कृषिमा कृषि सडक विस्तार गरी पशुपालन, जडिबुटी तथा सामूहिक खेतीको पकेट र ब्लक क्षेत्रमा विकास गर्न लागेको समेत बताउँनुभयो ।70050641_2645377788826437_7169122860311511040_o

जिल्लामा एउटा पनि शित भण्डार नभएको नुवाकोटमा रहेको शित भण्डारमा पुगेर आलुको बीऊ राख्न नपाएर फर्कनु परेको किसानका समस्या सुनाउँदै धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्थाले ४ वर्ष अघि जग्गा गरिद गरी सित भण्डार निर्माणका लागि पहल गरेको संस्थाका अध्यक्ष विष्णु पौडेलले बताउँनुभयो । उहाँले कार्यक्रममा संबिधान सभा सदस्य जनार्दन ढकालले शित भण्डार भवन निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएको बताउनुभयो ।69589238_2645379158826300_7313119683383656448_o

३ सय मेट्रिक टन क्षमताको शित भण्डार २०७७ असारसम्म निर्माण सम्पन्न गर्ने गरी भवन निर्माणको ईजी ईन्फा प्रा लिले जिम्मा पाएको छ । कुल ३ करोड ७० लाख ३५ हजार ३ सय ३५ रुपियाँकोलागत मध्ये ३० प्रतिसत १ करोड ११ लाख १० हजार ६ सय रुपियाँ साझेदार कालिका गाउँपालिकाले व्यहोर्ने गरी ०७६ असार २५ गते संझौता गरी काम अघि बढेको थियो ।

कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी अधिकारी, उपाध्यक्ष भवानी न्यौपाने, निर्माण कम्पनी उत्तम पौडेल, जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भट्ट, प्रदेश सभा सदस्य शान्ति थिङ, नेकपा जिल्ला ईन्चार्ज विमला सुवेदीले आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा जिल्लामा पशुपालनको सम्भावना रहेकोले भैसी पालन गरी दुग्धजन्य उत्पादन बढाउन आवश्यक रहेकोले पशुपालमा प्रदेश सरकारले अन्दानका कार्यक्रम राख्नु पर्ने एक मागपत्र समेत पेस गरिएको थियो । कार्यक्रममा संबिधानसभा सदस्य जनार्दन ढकाल र छोवाङतेन्जिङ तामाङ, जनप्रतिनिधीहरु, कार्यक्रममा नेकपा नेताहरु अशोक घिमिरे,  ईन्द्र गौतम, तेम्ब्रल लामा, माधब लामिछाने, मेघनाथ घिमिरे, उद्धब रिजाललगायत दलका प्रतिनिधी, साना किसान सहकारीकर्मीहरुलगायत सहभागी हुनुहुन्थ्यो  ।

तस्वीर : कालिका गाउँपालिका वडा नं २ मा निर्माण हुने शितभण्डार भवनको सिलान्यास गर्दै प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा

69646166_2493283374233101_8791934493138092032_n

Comments

comments