गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक मुआब्जा दिन आग्रह

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाअन्तर्गत पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन आग्रह गरेको छ । बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीमार्फत प्रधानमन्त्रीलाई पत्र पठाउँदै विदुर नगरपालिकाले आयोजनाको निर्माणको मुआब्जामा भेदभाव नगर्न आग्रह गरेको हो ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक र रसुवागढीनाका निरीक्षणका लागि आउनुभएका परराष्ट्रमन्त्री ज्ञवालीलाई उक्त पत्र दिइएको हो । सडक आयोजनाले गल्छी–रसुवागढी ८२ किमी सडकको पीपलटार–गल्छी खण्डको आठ किलोमिटर सडक पासाङल्हामु मार्गमा परेको र २०३४ सालमा नै सडक सीमा कायम भएको जनाउँदै मुआब्जा दिन नसकिने भनी मुआब्जा प्रक्रिया अघि नबढेपछि स्थानीयवासीले मुआब्जाको माग गर्दै आइरहेका छन् ।

गल्छीदेखि देवीघाटसम्म मुआब्जा वितरण गर्नेक्रम अन्तिम चरणमा रहेको, गेर्खुपट्टिको भागमा पनि मुआब्जा वितरणको प्रक्रिया प्रारम्भ भइसकेको र पीपलटार–ढुङ्गे खण्डलाई मात्र मुआब्जा नदिनु प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको बताउनुभयो । 

 पीपलटार–ढुङ्गे खण्डको मुआब्जा नपाएकाे विषयमा यस अघि संबाद समुह, सामाजिक संघ संस्था, संचार जगतले पनि अावाज उठाउँदै अाएकाे छ ।

Comments

comments