गाउँपालिका र प्रहरी चौकीलाई ८ राेपनी जग्गादान

LAND Free donation

रसुवा जेठ २० गते । लामो समयदेखि जग्गा खोजी कार्य भईरहेको नौकुण्ड गाउँपालिका र प्रहरी चौकीलाई जग्गा प्राप्त भएको छ । स्थानीयले नि:शुल्क जग्गा दिएपछि जग्गा अब चाँढै भवन बन्ने भएको छ ।

नौकुण्ड गाउँपालिका वडा नं ३ सरमथली बस्ने म्हेन्दो घले,कालु घले,दमैसर्की घले,हर्क घले,काजी घले,मेन्बा घलेको संगोलमा रहेको जग्गाबाट कित्ता काट गरी कित्ता नं १४१४ क्षेत्रफल ३९ रोपनी जग्गा आज मिति २०७५ जेठ २१ गते जग्गादाता म्हेन्दो घलेमार्फत प्रहरी चौकी पारच्याङ रसुवालाई जिल्ला मालपोत कार्यालय रसुवाबाट रजिष्ट्रेसन पास भएको हो । जग्गा प्राप्त  प्रहरी चौकी बन्ने भएको छ । जग्गा कहाँ लिने ? भन्ने अन्यौलता हुँदा गाउँ पालिका भवन अभावले नियमित काममा दुःखले काम गर्नु परेको  अवस्थामा अव प्राप्त जग्गामा भवन बन्ने प्रक्रिया अघि बढ्ने गाउँ पालिका उपाध्यक्ष सिर्जना लामोले बताउनुभयो ।

जग्गा नभएका कारण गाउँ पालिका कहाँ बन्ने भन्न्े बारे एकीन हुन सकेको थिएन । नियमित सेवा प्रबाहमा पनि समस्या हुने गरेको थियो । प्राप्त भएको जग्गाजग्गाको स्थानीय मूल्य अनुसार साँढे दुई करोड रुपियाँ पर्ने बताइएको छ। प्रहरीका लागि ९६ लाख बराबरको तीन रोपनी र गाउँपालिकाको लागि एक करोड ६० लाख बराबरको जग्गा निःशुल्क दिएका हुन्।

स्थानीय तह आएपछि गाउँमा विकास निर्माणले गति लिएको र स्थायी कार्यालय स्थापना भएपछि जीविकोपार्जनमा समेत सहयोग पुग्ने भएकाले जग्गा उपलब्ध गराएको जग्गादाता हर्क घलेले बताउनुभयो ।अहिले गाउँ पालिका रहेको स्थान वरीपरी जग्गा दिन धेरै जना तयार भएपछि हामीले हामीले जग्गा निःशुल्क उपलब्ध गरायौं।’ पारच्याङ गाउँपालिकाको केन्द्र भवन बनेपछि जनताको काममा सहज हुने जग्गादाताहले विश्वास गरेको बताउनुभयो । हामीले पनि केही गरेर खाने अवसर पाउने थियौं भनेर नि:शुल्क जग्गा दिएको नौकुण्ड गाउँपालिका–३ का मेन्दो घले तीनदिन सदरमुकाम धुन्चे बसेर जग्गा दान गरेको बताउनुभयो ।LAND Free donation

तस्वीर :  प्रहरी चाैकीलाइ प्राप्त जग्गाकाे लालपुर्जा हस्तान्तरण कार्यक्रममा पुर्जा  लिदै रसुवाका प्रहरी प्रमुख  डिएसपी सरतकुमार थापा

Comments

comments