गाविस स्तरिय पुरुष भलिबल प्रतियोगितामा फाईनलका खेलहरु हुदै

चैत्र १ गते, रसुवा
रसुवाको सदरमुकाम धुन्चेमा जारी धुन्चे गाविस स्तरिय पुरुष भलिबल प्रतियोगितामा आज फाईनलका खेलहरु हुने भएको छ ।
धुन्चे स्थित बालमन्दिरमा १० बजे हुने फाईनल खेलमा धुन्चे ६ र धुन्चे ७ तथा तेस्रोका लागि धुन्चे ५ र धुन्चे ८ विच प्रतिस्पर्धा हुने  खेलकुद संयोजक सगुन घललेले जानकारी दिनुभएको छ ।  विपि चिन्तन प्रतिष्ठान रसुवाको प्रथम जिल्ला अधिबेशनको अवसरमा संचालन भएको प्रतियोगितामा प्रथम द्धितिय र तृतीय हुनेलाई क्रमश १३ हजार, ९ हजार,७ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने घलेले बताउनुभएको छ । नकआउटको आधारमा खेलाईएको खेलमा धुन्चे गाविसका ६ टिमको सहभागिता रहेको थियो ।

Comments

comments