गाेसाइकुण्ड मेला सम्पन्न १० हजार भक्तजनले मेला भरे

Goshaikund rasuwa (1)

रसुवा, जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन नीलाद्रि पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइकुण्ड पुगेका छन् । जीवनमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ भएका कारण पूजाआजा गरेर धर्मप्राप्तिका लागि महिला, पुरूष तथा ज्येष्ठ नागरिकसमेत १० हजार भन्दाबढी भक्तजन गोसाइँथान पुगेका हुन् ।

जनैपूर्णिमा पर्वको अवसरमा रसुवा, धादिङ, नुवाकोट, लमजुङ, तनहुँ, कास्की, पर्वत, चितवन, नवलपरासी, मकवानपुर, रौतहट, बागलुङ, ललितपुर, काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गा, सिधुली, झापा, पर्सा, बारा र रामेछाप जिल्लाबाट भक्तजन कुण्डमा  पुगेका छन् । समुन्द्र मन्थन गर्दा निस्केको कालकूट विष सेवन गरी भगवान् शिवले प्राणी जगत्लाई बचाउनुभएका कारण हरेक मानिस भक्तजनका रूपमा जिन्दगीमा एकपटक भए पनि गोसाइँकुण्ड दर्शन गर्ने चलन रहिआएको छ ।

पौराणिक कथनअनुसार भगवान् शिवले नीलाद्रि पर्वतको पहाडमा त्रिशूली बजारी उत्पन्न गराउनुभएको पवित्र जलले बनेको नीलो दहमा विराजमान रहनुभएको र उक्त दहमा डुबुल्की मारेपछि उकालो जाँदा लागेको थकान सबै समाप्त हुने गरेको अनुभवसमेत भक्तजनमा रहिआएको छ । समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थमा जाने यात्रुलाई लेक लाग्ने समस्या न्यूनीकरण एवं उपचारका लागि लौरीविनायकमा रसुवा जिल्ला अस्पताल, चौलाङपार्टीमा नेपाली सेना र गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घबाट खटिएका चिकित्सक समूहले उपचार सेवा गरिरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो ।

राजधानी काठमाडौँको बालाजुबाट नुवाकोटबाट रसुवाको कालिकास्थान , धुन्चे ( १सय १८ किमी टाढा ) ४/५ घण्टामै सवारी साधनमा पुग्न सकिन्छ । धुन्चेबाट पैदल यात्रा गरी चन्दनबारी , चौलाङपाटी, लौरिविनायकका रमणीय दृष्यावलोकन गर्दै डेढदेखि २ दिनमा गोसाईकुण्ड पुग्न सकिन्छ । रसुवाको हिमाली क्षेत्रमा १०८ कुण्ड रहेको जनविश्वास छ । समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाईमा रहेको गोसाईकुण्ड २०६३ सालमा विश्व सम्पदा सूचि तथा सिमसार क्षेत्रमा सूचिकृत गोसाँइकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित क्षेत्र र अत्यन्त आकर्षक र मनमोहक छ । एकादशीदेखि पूर्णिमासम्म यहाँ नुहाउनेहरूको भीड् लाग्ने गर्दछ । जैविक विविधताको धनी यस क्षेत्रमा वर्षेनी हजारौं विदेशी तथा स्वदेशी पर्यटक आउँने गर्दछन् ।
समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मीटरको उचाईमा रहेको गोसाइँकुण्डको लम्बाई ६ सय मीटर छ भने चौडाई ३ सय ७० मीटर छ र १८ दशमलव ३ मीटर गहिरो छ । भगवान् श्री शंकरको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस गोसाइँकुण्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएकोले वर्षेनी हजारौँ भक्तजनहरूको आगमन हुने गरेको छ । कुण्डमा हरेकवर्ष गंगादशहरा र जनैपूर्णिमा गरी दुई पटक मेला लाग्ने गर्दछ ।

धार्मिक पर्यटकीय क्षेत्र गोसाईकुण्डमा आजभोलि मेलाको समय भन्दा अन्य समयमा आउने पर्यटक दिनहुँ बढेको पर्यटन व्यवसायी रोमित शेर्पाले बताउनुभयो । यात्रीहरूको सुविधाका लागि कुण्ड मार्गमा २ दर्जन स्थायी घरहरूमा पर्यटक लक्षित होटल तथा लज रहेका छन् भने मेलाका लागि सय बढि थर्पू (अस्थायी टहर) निर्माण सुरु भएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित कुण्ड अत्यन्तै आर्कषक छ । धार्मिक आस्था हिमाली प्राकृतिक सौन्दर्यका दृश्यहरू यहाँ निकै पाईन्छ । पैदल यात्राका सौखिन धर्ममा आस्था राख्नेहरू आन्तरिक तथा बाहिरी पर्यटकको संख्या बर्षेनी आउने गर्दछन् । यस क्षेत्रको अझ विकास गर्न सरकारले उच्च प्राथमिकतामा पार्न आवश्यक रहेको स्थानीय बुद्धिजिवीहरू बताउनुहुन्छ । ऐतिहाँसिक धार्मिक एबं पर्यटकीय गन्तब्य गोसाँईकुण्डलाई प्राकृतिक सुन्दरतामा रमाउने र धार्मिक आस्था राख्नेहरूका लागि प्रकृतिको अनुपम देन नै मान्दछन् । घट्टेखोला, देउराली, चन्दनवारीको सिङ्गोम्पाको बुद्धको बिशाल मूर्ति, दिम्सा, चोलाङपाटी, लौरीबिनायक, जस्ता मनोरम दृश्यहरू देखिने स्थानहरू यस मार्गमा पर्दछन् ।

चन्दनबारीका होटल व्यवसायी पासाङ घिर्मी तामाङले धार्मिक मार्गअन्तर्गत देउरालीदेखि चन्दनबारी, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डसम्मका सबै होटलमा खाद्यान्न भण्डारण गरेर व्वस्थापन गरेकाे बताउनुभयाे ।  Goshainkunda
भगवान् श्री शंकरको वासस्थानको रुपमा रहेको हिमालयको काखमा रहेको गोसाँईकुण्ड स्नान गर्नाले जीवनभरको पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पुरा हुने जनविश्वास रहेकोले वर्षेनी भक्तजनहरूको आउने गरेका छन् । सदरमुकाम धुन्चेसम्मको बसको यात्रा पछि २ दिनको पैदल यात्राबाट पुग्न सकिने गोसाँईकुण्ड समुन्द«मन्थनबाट उत्पन्न भएको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान शिवले कालकुट नामक विष पिएर पृथ्वीको नास हुनबाट बचाएको पौराणिक मान्यता छ । कालकुट नामक विष पिएर भगवान शिवले विषको डाह सान्त गर्न त्रिशूल प्रहार गरी त्यस स्थानमा जलधारा (गंगाजल) उत्पन्न गराई त्याहाबाट आएको पानीले प्यास मेटाएको पौराणिक मान्यता छ ।

त्रिशूल प्रहारबाट उत्पत्ती भएको हुनाले त्रिशूल धाराको नामले परिचित छ त्यही सोही पानी जमेर गोसाँईकुण्ड बनेको हो यस्ता पौराणिक धार्मिक ग्रन्थहरूमा समेत उल्लेखित रहेको कालिका गाउँपालिका ३ का पुरोहित बासुदेब ढकाल बताउनुहुन्छ । भैरब , सरस्वती , सुर्य , रक्त, आमालगायत १०८ कुण्ड रहेको रसुवाको गोसाँईकुण्ड त्रिशूली हिमनदीको उद्गम् बिन्दुका पनि हो । जनैपुर्णिमाका दिन सबै देवी देवताहरूको सो कुण्डमा जमघट हुने हुनाले यहाँ पुजाआजा स्नान गरी आनन्द प्राप्त तथा पुन्य मिल्ने तीर्थयात्रीहरू बताउनुहुन्छ । नेपालका चार धाम मध्ये एक धामको रुपमा परिचित गोसाँईकुण्डमा रहेक बर्ष दशहरामा र साउन शुक्ल पुर्णिमा (जनैपुर्णिमा) का दिन विशेष मेला लाग्दै आएको छ ।

कुण्ड गहिरो भएका कारण भक्तजनले स्नान गर्ने क्रममा हुनसक्ने जोखिम न्यूनीकरण गर्न उत्तरी रसुवाको स्याफ्रुबेँसीस्थित श्यामेवाङ्फेल माविका २५ जना जुनियर रेडक्रस सर्कल परिचालित गरिएको छ । सुरक्षाका लागि नेपाल प्रहरीका साथै उद्धारका लागि यहाँ कार्यरत नेपाली सेना विष्णुदल गण एवं सशस्त्र प्रहरी २० नम्बर गुल्म रसुवा तैनाथ रहेको अध्यक्ष डिएमले जानकारी दिनुभयो । वातावरणको संरक्षण गर्दै गोसाइँकुण्ड मेला, २०७९ लाई व्यवस्थित र मर्यादित बनाई समग्रमा ८० जनाको जनशक्ति परिचालन भइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

विगतका वर्षभन्दा २०७९ को गोसाइँकुण्ड मेला व्यवस्थित भएको उक्त समितिले दाबी गरेको छ । कुण्डको क्षेत्र निरन्तर सफा राख्न यो वर्ष विशेष व्यवस्था मिलाइएको बताइएको छ । दक्षिणी रसुवाको बनुवा घुम्ती क्षेत्रमा पहिराका कारण सडक मार्ग क्षति भए तापनि स्थानीय नागरिकको सुझाव, प्राविधिकको परामर्शमा प्रमुख जिल्ला अधिकारी एवं गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक नवराज जैसीको स्थलगत निरीक्षणले समयमै वैकल्पिक मार्ग तय गरिएका कारण धार्मिक यात्रु सहजरूपले गोसाइँकुण्ड प्रस्थान गरेका थिए । धुञ्चेमा ट्राफिक व्यवस्थापनका कार्य राम्रो भएको प्रतिक्रिया दिँदै तीर्थ यात्रु अच्युत तिम्सिनाले भने ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्था राम्रो भएको बताउनुभयो ।

मेला तयारीका सन्दर्भमा खन्तीको उकालो तथा ठाउँठाउँमा पदयात्रा मार्ग मर्मत सुधार गरिएको छ । उपसमितिले कार्ययोजना बनाई गोसाईकुण्ड क्षेत्रविकास समितिमा पेस गर्ने र त्यस लगत्तै सबै टोली परिचालन गरिएकाे अध्यक्ष डिएमले जानकारी दिनुभयो । सबै समितिलाई मेला अवधिभर गर्ने कार्ययोजना बनाई पेश गर्न भनेका छौँ, उहाँहरूले मेला अवधिभर गर्ने कार्ययोजना हामीलाई बुझाएसँगै सबै टोली परिचालन हुनेछ । दक्षिणी रसुवाको बनुवा घुम्ती क्षेत्रमा पहिराका कारण सडक मार्ग क्षति भए तापनि स्थानीय नागरिकको सुझाव, प्राविधिकको परामर्शमा प्रमुख जिल्ला अधिकारी एवं गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक नवराज जैसीको स्थलगत निरीक्षणले समयमै वैकल्पिक मार्ग तय गरिएका कारण धार्मिक यात्रु सहजरूपले गोसाइँकुण्ड प्रस्थान गरेका थिए । धुञ्चेमा ट्राफिक व्यवस्थापनका कार्य राम्रो भएको प्रतिक्रिया दिँदै तीर्थ यात्रु अच्युत तिम्सिनाले भने ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्था राम्रो भएको बताउनुभयो ।

 

Comments

comments