स्याफ्रुबेशीमा डुक्साङ छाेयाेलिङ गाेम्बा निर्माण प्रारम्भ

119745278_3359844130798127_1343104952078794524_n

रसुवाकाे गाेसाँइकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रुबेशीमा निर्माण भएकाे डुक्साङ छाेयाेलिङ गाेम्बा निर्माण प्रारम्भ भएकाे छ । गाउँपालिकाकाे अनुदानमा गाेम्बा निर्माण सुरू भएकाे हाे ।

निर्माण प्रारम्भ भएकाे गाेम्बाकाे गेट तथा भित्री संरचना  निर्माण गरी गाेम्बाकाे उद्घाटन भएकाे हाे । गाउँपालिकाकाे १० लाख रूपियाँ अनुदानमा गेट, पुस्तक राख्ने तथा पढ्रने  टेबुल, पिपिसी ढलान लगायतकाे काम यसवर्ष भएकाे हाे । एक कार्यक्रमका बीच गाेसाँइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङ र  जिल्ला समन्वय उपप्रमुख छाेपेमा तामाङले संयुक्त रूपमा उद्घाटन गर्नुभयाे । निर्माणाधीन गाेम्बा निर्माण निरन्तरता दिने गाउँपालिकाले जनाएकाे छ ।

साे अवसरमा नेकपा रसुवाका अध्यक्ष कर्न्याल लामालगायत स्थानीय बुद्दिजीवि , कर्मचारी, स्थानीयवासी सहभागी थिए । 119870856_3359846114131262_5534291852312804200_n

Comments

comments