गुठी जग्गाको पुर्जा बितरण गरी आवास निर्माण संझौता गर्न माग

IMG_2726

रसुवा ०७३ मंसिर ११ गते । विनाशकारी भूकम्प पछि आवास निर्माण अनुदान संझौता गर्नबाट बञ्चित भएकाहरूको समस्या समाधान गरी तत्काल लाभग्राही संझौता गर्न माग गरेका छन् ।

ईन्सेक, जिल्ला भूमिअधिकार मञ्च अक्सफाम र हामीको आयोजनामा ०७३ मंसिर ११ गते भएको सार्वजनिक सुनुवाईमा बिस्थापित पीडितहरूले गुठी जग्गा रैकर गरी तत्काल पुर्जा बितरण गर्न माग गरेका हुन् ।

सहभागिहरूले जग्गा धनी पुर्जा नभएको कारण डेढ वर्ष बितिसक्दा पनि विनाशकारी भूकम्प प्रभावित , बिस्थापितहरूको अवस्था अझै नाजुक भएको र आवास निमार्ण अनुदान संझौता हुन नसकेको बताए । कार्यक्रममा प्रमुख अतिथि सांसद छोवाङतेन्जिन तामाङले वर्षौदेखिको गुठी समस्याबाट हाकुका जनाताले मुक्ति पाउने र आवास निर्माणका लागि सवैसँग अनुदान संझौता हुने बताए ।

उनले विनाशकारी भूकम्प पछि ईन्सेकलगायत अन्य आयोजक संस्थाहरूको समय समयमा जनताको आवाज बाहिर ल्याएर राम्रो काम गरेकोले धन्यवाद दिंदै भूकम्प पछि लाङटाङ, हाकु, डाडागाउँलगायतका स्थानहरू पहिरोमा परिणत भएकोले बिस्थापितहरूको समस्या समाधान हुन नसकेको बताए । जोखिममा रहेका बस्तीहरूको पुर्न निर्माणका लागि राज्यले तत्काल नीति बनाएर काम अघि बढाएको छ । उनले गुठी संस्थानमा भएको छलफल पछि हाकुको गुठी समस्या समाधानका लागि मालपोतमा निवेदन दिने र ५ हजार प्रति परिवार कुतबाली बुझाएर जग्गाको पुर्जा बितरण गरिने बताउँदै बिस्थापितहरूका लागि लहरेपौवाको खाल्टेमा सरकारी जग्गा पहिचान गरी पुर्नस्थापना गर्न लागिएको बताए ।IMG_2709

बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बिपद पछिको अवस्थामा सरकारी गैरसरकारी , सामाजिक संघसंस्था अधिकारकर्मी, पत्रकारहरूको ठूलो सहयोग रहेको बताउँनुभयो । जिल्लामा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको ईकाई जिल्लामा स्थापना भएको र यस्ता समस्या समाधानका लागि बघि बढेको बताउनुभयो । उनले अयिानका कामहरू क्रमिक रुपमा हुने भएकेले यस्ता गतिबिधी नियमित रुपमा हुन आवश्यक रहेका बताउँदै मालपोतले ३५ दिने सूचना प्रकाशित गरेकोले आवश्यक प्रमाण सहित गुठी पीडितहरूले आवेदन पेस गर्न र आवश्यक परेमा सवैले सहयोग गर्नु पर्ने जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य तीरबहादुर गुरुङले बिस्थापितको आवास निर्माण सुरक्षित जग्गा पहिचान गरेर मात्र पुर्नवास हुनु पर्ने बताए । जनताको आवासको अधिकार सुरक्षाको लागि सवैले ध्यान दिनुपर्ने बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटी सचिव बिजय लामा बिस्थापितहरू फर्कने क्रम देखिए पनि कहाँ सुरक्षित छ भनेर आवास निर्माणस्थल निश्चित हुन नसकेको भन्दै पुर्नबासका लागि आवास निर्माण स्थल पहिचान भएकोले उनीहरूको आवास चाँढै निर्माण गर्नु पर्ने बताउँनुभयो ।

नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य मेघनाथ घिमिरेले कार्यक्रममा गफ गर्ने काम मात्र भएको बताउँदै बोल्ने भन्दा पनि काम गर्नु पर्ने नत्र देश यस्तै अब्यवथामा रहने बताए । देश निर्माणमा सवैले एकजुट भएर लग्नु पर्ने बताउँदै अनुदान संझौता गर्न आवश्यक रहेको बताए । उनले पुर्नर्निमार्णका लागि प्राबिधिकले नक्सा तयार गर्ने कार्यमा सामाजिक संस्थाहरू लाग्नु पर्ने बताउँनुभयो । आवास निर्माण अनुदान लिन छुटेकाहरूको गुनासा कार्यान्वयव तथा घर पक्की भएकाले पनि लिएका रकम फिर्ता हुनु पर्नेमा जोड्दिनुभयो ।

राप्रपाका जिल्ला अध्यक्ष नुर्पु तामाङले नागरिकको समस्याम आफु सदैव साथ दिने बताए । नयाँ शक्ति नेपाल लछिन तितुङले हाकुका पीडितहरूले जोत्दै आएको जमिनको स्वामित्व पाउनु पर्ने बताउँदै आवास निर्माण अनुदान बितरणमा देखिएका समस्या समाधानका गर्न सवै मिलेर लाग्नु पर्ने बताउनुभयो ।

घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख खगेन्द्र नेपाल, जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन प्रमुख रविमोहन कोईराला, निमित्त स्थानीय विकास अधिकारी मदन आलेमगर जिल्ला मालपोत कार्यालयका नासु गणेश श्रेष्ठ, शहरी विकास तथा भवन डिभिजन रसुवाका प्रमुख राजेन्द्र खतिवडा, नापी अधिकृत कृष्ण न्यौपानेले आफ्ना धारणा राख्नुभयो ।

नागरिक समाजका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रसुवाका अध्यक्ष बाबुलाल तामाङले बिस्थापित भूकम्प प्रभावितहरूको अवश्था दयनिय भएकोले उनीहरूको आवास पुर्न निर्माणमा सवैले जुट्न आवश्यक रहेको बताए । ०५१ सालमा हाकु गाविसको गुठीको पुर्जा बितरण गर्ने भने पनि नसकेको बताए । ३५ दिने सूचना निस्केकोले ५ हजार तिररे जग्गा दर्ता गर्न सक्ने भएकोले खुशी लागेको बताउनुभयो ।
भूमिअधिकार मञ्चका केन्द्रीय सदस्य भवानी न्यौपाने , मानवीय जवाफदेहिता अनुुगमन अभियान (हामी) का फटिक थापा , अधिबक्ता फुर्पा तामाङ, नोर्साङ तामाङ, हाकुका बिस्थापितहरू साङतेम्पा तामाङ, लाक्पा तामाङ, निमाकैसाङ तामाङ, लगायतका बक्ताले वषौंदेखिको गुठीको समस्या समाधान गर्न र भूकम्प पछिको आवास निर्माण अनुदानमा आफुहरुलाइ समेटन आग्रह गर्नुभएको थियो ।

हेमनाथ खतिवडा

Comments

comments