गुम्चेतका बिस्थापितले पाए लालपुर्जा

27335281_10214071018745442_1879484985_o

रसुवा, माघ १० गते । विनाशकारी भूकम्पपछि गोसाईकुण्ड गाउँ पालिका ६ धुन्चे स्थित गुम्चेतबाट विस्थापित ५ परिवारले बल्ल लालपुर्जा पाएका छन् ।

वर्षातमा ठाडे खोला र त्रिशूली नदिले खियाउँदै थियो भूकम्प पछि पहिरोले बस्ती बगाएपछि ५ परिवार विस्थापित भएर ठाडे भन्ने ठाउँमा बस्दै आएका थिए । ६ पुस्तादेखि गुम्चेत ओढार नजिकै बस्दै आएका ७५ वर्षीय छिरिङल्याल्बो घलेले ११ आना जग्गाको लालपुर्जा पाएपछि खुसी हुँदै भन्नुभयो । लालपुर्जा लिदै उहाँ भन्नुहुन्छ “भूकम्पमा श्रीमती गुमाएपछि आफु बाँचियो । मैलेँ जग्गा पाएर घर बनाउन सक्छु जस्तो सोचैकै थिएन । हामीलाई पुनर्वासको लागि सहयोग भयो । नयाँ किनेकोको जग्गामा नयाँ घर पनि बनाउने छौं ।

उनीमात्र होईन त्यहाँका दावा ग्यल्बो घले, निमा घले, ल्यागु घले, गोम्बोग्याल्बो घलेले पनि लालपुर्जा पाएका छन् । जग्गा प्राप्त भएपछि दावाग्याल्बो घलेले पाएको १५ आना जग्गा लालपुर्जामा श्रीमती मेन्दो तामाङको समेत फोटो टाँसेर संयुक्त पुर्जा बनाएन् । भूकम्पमा परेर ल्यागुको श्रीमती, आमा, निमाको श्रीमती, गोम्बोको श्रीमती र छोरा गरी ४ जना जना गुमाएको पीडा उनले भुल्न नसकेको बताएन् ।
पहिलेदेखि गुम्चेतमा त गाउँ समाज मिलेर बसेका थिर्यौ अहिले पनि पाँच परिवारसँगै ठाडे गाउँमै मिलेर बस्छौं । पुनर्वासको लागि जग्गा मिलाईदिने प्रक्रियामा सहयोग गर्ने सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, जिल्ला भूमि अधिकार मञ्च, पुनर्निर्माण प्राधिकरण र जग्गादाता सुकुग्याल्वो घलेलाई समेत उनीहरुले खुशीले धन्यवाद् दिदै सबैले भन्नुभयो हामीले पुर्नजीवन पायौं ।

विस्थापित परिवारलाई एक कार्यक्रमका बीच गोसाँईकुण्ड गाउँ पालिका अध्यक्ष कैसाङनुर्पु तामाङले लालपुर्जा वितरण गर्नुभयो । कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति रसुवाका प्रमुख कृष्णकान्त उपाध्याय, आत्मनिर्भर केन्द्रका विश्वास नेपाली सहभागी हुनुभएको थियो । लालपुर्जा वितरण कार्यक्रमका बोल्नुहुँदै गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष तामाङले विस्थापित बस्तीको पुनर्वासको क्रममा आवश्यक पर्ने पूर्वाधाहरु जस्तै ः खानेपानी, विजुली र बाटो निर्माणलगायतमा सहयोग गर्ने बताउनुभयो । विस्थापितमध्ये हालसम्म सुरक्षित घडेरी नभएका ९४ परिवारलाई सरकारले प्रदान गरेको २ लाख रुपियाँले जग्गा गरिद नीजि अवास निर्माण प्रक्रिया सुरु गरेको भूमि अधिकारकर्मी विश्वास नेपालीले बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखीमयुक्त क्षेत्रमा परेका घरधुरीलाई स्थानान्तरणको प्रक्रिया सुरु गरेको छ । उनीहरुलाई स्थान्तरण गर्दा सुरक्षित स्थानमा जग्गा खरिद गर्नको लागि २ लाख रुपियाँ दिने योजना अनुसार काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख कृष्णकान्त उपाध्यायले जानकारी दिनुभयो ।

 

Comments

comments