गैसस महासंघमा बिनोद

NGOF

गैरसरकारी संस्था महासंघ रसुवाको चौथो जिल्ला अधिबेशन कालिकास्थानमा सम्पन्न भयो । महासंघको बिनोद लामिछानेको नृतृत्वमा १३ सदस्य रहेको समिति चयन भएको छ ।
उपाध्यक्षमा शिला मगर, सचिव, प्रमोद तितुङ, कोषाध्यक्ष मीरा तामाङ, सह सचिव फुर्पुसिङ्गी तामाङ र सदस्यहरुमा क्रमशः कमल आचार्य, नीलनाथ आचार्य, कोपिला तामाङ, अम्बिका पौडेल , रामशरण आचार्य, गम्भीरमान लो , ङालिङ तामाङ, सुनिल घले, रहेका छन् ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भट्ट, गैसस महासंघ प्रदेश नं ३ उपाध्यक्ष दामोदर अर्याल, बिशेष अतिथि पूर्व सभासद छोवाङतेन्जिङ तामाङ, गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुपूर्ण तामाङ, गैसस महासंघ नुवाकोटका अध्यक्ष मीनकुमार केसीलगायतका अतिथिहरु सहभागी थिए । कार्यक्रममा गैसस महासंघ आवद्ध निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरिएको थियो ।

Comments

comments