बेत्रावतीमा गोरु जुधाईको रौनक

15965417_1833955696818958_4761343884183015981_n

वेत्रावती – नेपालमा माघे संक्रान्तिको दिन नुवाकोटमा गोरु जुधाइन्छ। साँढे जुधाउने खेल त स्पेनको राष्ट्रिय खेल नै हो। तर रसुवा, नुवोकाट र धादिङमा माघेसंक्रान्तीको दिन गोरु जुधाउने परम्परा छ । जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासंग ऐतिहासिक महत्व पनि जोडिएको छ । माधेसंक्रान्तीको उत्सव अन्तरगत एउटा परम्परागत परम्परा हो गोरु जुधाउने । गाउँलेहरुले आ आफ्ना गोरुलाई एक आपसमा जुधाउँछन् । गोरु जुधाइमा बिजेता गोरुको मालिकले पुरस्कार समेत पाउँछन् ।16112593_10208379581030747_3609741388312432938_o

यस वर्ष रसुवा नुवाकोट सिमानाको बेत्रावतीमा ११ हल गोरु जुधाईएको हो । पहिला पुर्खादेखि रहेको प्रचलनलाई बिगतको वर्ष झै यस वर्ष पनि गोरू जुधाई परम्परालाई निरन्तरता दिन लागेको बेत्रावती गोरू जुधाई मेला आयोजक समितीका सदस्य सुरज लवटले बताए । गोरू जुधाई मेला हेर्नका लागि यहाँ काठमाण्डौ, धादिङ, ललितपुर लगायत बिभिन्न ठाउँबाट  हजारौं दर्शकहरू अबलोकन गरेका थिए ।15977853_1335058119848250_303217171764701025_n

माघे संक्रान्तिको अवसरमा आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा गरी २८ हल गोरु जुधाइएको छ ।  नुवाकोटको तारुका– ५ चन्दनी स्थित कटहरबोटमा १८ हल गोरु बीच भिडन्त गराइएको हो ।

ऐतिहासिक प्रमाण नभेटिए पनि यहाँको गोरु जुधाई परम्परा सय वर्षभन्दा पूरानो मानिन्छ । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धी १९४९ संग जोडिएको छ । रसुवाको बेत्रावती नेपाल र तिब्बतबिचको भोट युद्धको सन्धि भएको स्थलमा यसरी मानवबीच पशु झैँ झगडा गर्न हुन्न भन्ने सन्देश दिनका लागि गोरु जुधाइन थालेको स्थानीय जानकारहरु बताउँछन् ।16003079_1400814689960579_5218369652033453561_n

नुवाकोटका स्थानीयका अनुसार बझांगी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्न गोरु जुधाएको र त्यही बेलादेखि यो परम्परालाई निरन्तरता दिइएको किम्बदन्ति छ ।

रसुवा नुवाकोट सिमानाको बेत्रावतीमा गोरु जुधाईमा गोरू जुधाईमा अष्टमान डंगोल र रामप्रसाद पौडेलेको गोरू उत्कृष्ट गोरू घोषित भएको छ । गोरू जुधाई प्रतियोगितामा विजयी गोरू पालक किसानलाई २ हजार १५ रूपयाँ र सहभागि सवैलाई एक हजर प्रदान गरियो । कल्याणपुरका कृष्ण बिक, बेत्रावतीका गोपी थापा , धैबुङका रामबहादुर तामाङ गर्खुका बलराम पौडेललाई पुरस्कार प्रदान गरिएको गोरु जुधाई मेला व्यवस्थापक अष्टमान डंगोलले बताउनुभयो ।

 गोरू जुधाई भन्ने वित्तिकै धेरैको मनमा यूरोपेली देश स्पेनको ‘बुल फाईट’ को सम्झना आउँछ। तर, गोरू जुधाईको एक मौलिक शैली नेपालमा दशकौं अगाडिदेखि प्रचलित छ। गोरू जुधाइ मेला नेपालको नुवाकोट जिल्लाको तारूका गाविसको चन्दनी  तथा बेत्रावतीमा आयोजना गरिने प्रतिस्पर्धात्मक मेला हो। हरेक वर्ष माघ १ गते माघे संक्रान्तिको अवसरमा भव्य रूपमा गोरु जुधाइ मेला आयोजना हुनेगर्छ । ऐतिहासिक परम्पराको रूपमा रहेको गोरु जुधाइ मेला एउटा भिन्न प्रकारको परम्परागत मेला हो। प्राकृतिक रूपमा गोरूहरू भेट हुनासाथ जुध्न थाल्छन्। तर, माघ १ गते रसुवा र नुवाकोटको सीमा बेत्रावतीमा गोसाइकुण्ड युवा क्लबले गोरू जुधाउने गर्छ। बेत्रावतीमा गोरू जुधाउन थालेको धेरै भइसक्यो। नेपाल(तिब्बतबीच बि।सं। १८४९ असोज १७ गते बेत्रावती नजिकै ढुंगामा बसेर सन्धी भएको थियो।  त्यही बेलादेखि गोरू जुधाएर रमाइलो गर्ने परम्परा बसेको हो।क्लबले २०५३ सालदेखि यसलाई व्यवस्थित गरेर मेला मनाउन थालेको हो। पछिल्लो समय बेत्रावतीको गोरू जुधाईले चर्चा मात्र पाएको होइन, यस क्षेत्रको पर्यटकीय महत्व समेत बढाउँदै लगेको छ। गोरु जुधाइलाई मनोरञ्जनको रुपमा मात्र नलिएर यसलाई मानिसहरुबीचको आपसी भेटघाट र सद्भाव वृद्धिका रुपमा पनि लिने गरिन्छ। गोरु जुधाइको चर्चा जति छ, त्यसको तुलनामा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा पनि विस्तार गनुपर्नेमा स्थानीय युवाहरुले जोड दिदै आएका छन्।

Comments

comments