उत्तरगयामा गोरु जुधाई हेर्न दर्शकको घुर्इँचो

गोरु ज

रसुवा ,माघ १ गते । हरेक वर्ष किसानले पालेका गोरु प्रतिस्पर्धाअन्तर्गतको ‘गोरु जुधाई प्रतियोगिता’लाई यस वर्ष पनि निरन्तरता पायो । उत्तरगया क्षेत्र बेत्रावतीमा माघेसङक्रान्तिका दिन एक कार्यक्रमका बीच १० हल गोरु जुधाइए । राष्ट्रिय तथा स्थानीय कलाकारले साँस्कृतिक कार्यक्रम गरी भब्यताका साथ मेला सम्पन्न भयो ।गोरु ज

हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइएको भनाइ छ । करिव २० हजार दर्शकको घुर्इँचो थियो ।

रैथाने कला, संस्कृति र परम्पराको जगेर्ना गरौँ, उत्तरगया क्षेत्र बेत्रावतीको पहिचान र विकासमा एकजट होऔँ भन्ने नाराका साथ बेत्रावतीमा यस वर्ष १० हल गोरु जुधाएका थिए । उत्कष्ठ गोरु बिदुर नगरपालिका ७ माहादेवखर्क झंक तामाङको भयो भने स्थानीय गोरु पूर्णबहादुर डंगोल उत्कृष्ठ गोरु पालक किसान घोषणा गरी नगद तथा अन्य पुरस्कार तथा प्रमाण पत्र प्रदान गरियो । कार्यक्रममा बिदुर नगर पालिका प्रमुख सुन्जु पण्डित , नेपाल पर्यटन समाजका केन्द्रीय उपाध्यक्ष शिब लामिछाने, नुवाकोट उद्योग बाणिज्य संघका अध्उक्ष ताराबहादुर कार्की उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिबसुन्दर डंगोललगायतले शुभकामना दिनुभयो ।Blood

कार्यक्रममा दारी ग्याङ्गले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा २२ जनाले रक्तदान गरेको दारी ग्याङ्गका राजेन्द्र पौडेलले बताउनुभयो । मेलामा बिभिन्न परिकारका खाना सहितको स्टल समेत राखिएको थियो ।

रसुवा नुवाकोट सिमानाको बेत्रावतीमा परापूर्वकालदेखि नै माघेसङ्क्रान्तिका दिन बेत्रावतीवासीले घिउचाकु खाएर, तेल घसेर मनोरञ्जनका रूपमा गोरु जुधाउँदै आएको छ । केही समय मेला लाग्न छाडेपनि स्थानीयले परम्पार लोप हुन नदिन बिगत १२ देखि कार्यक्रमले निरन्तरा पाएको छ । नेपाल र तिब्बतसँग १८४९ सालमा मैत्रीपूर्ण ऐतिहासिक सन्धि भएको स्मरणमा बेत्रावतीमा माघेसङ्क्रान्तिमा गोरु जुधाउन थालिएको मेलाको आयोजक संस्था स्थानीय गोसाईकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले भन्नुभयो ।

बेत्रावतीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षको उजागर गर्न मेलाले टेवा पुग्ने स्थानीय युवा गणेश श्रेष्ठ बताउनुभयो उहाँका अनुसार यस वर्ष पनि गोरु जुधाउन गोरु जुधाउने कार्यक्रम भब्य रुपमा भएको छ । प्रतियोगितामा विजेता गोरुधनीलाई आयोजकले नगदसहित पुरस्कृत गर्दै आएको छ । यसपटक पनि स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसहित गोरुजुधाई मेला सम्पन्न भएको छ । नुवाकोट र रसुवाको गाउँ गाउँबाट गोरुहरूको भिडन्त भएको स्थानीय बेत्रावती क्षेत्रको महत्व र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न गोरु जुधाउने मेलाले सहयोग पुगेको उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिवशङ्कर डङ्गोलले बताउनुभयो । तत्कालिन राज पृथ्वीनारायण शाहले तिव्वतसँग हुँदाको युद्ध जितेको सम्झनामा उक्त मेलाको सुरूवात भएको स्थानीय बयोबृद्धहरू बताउँछन् । मेलाका अवसरमा एक आपसमा गोरू जुधाएर विजयी र पराजित गोरूका धनीलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यसैबीच नुवाकोटको ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २० हल गोरु प्रतिस्पर्धा गराइएको माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिनुभयो । प्रतिस्पर्धामा विजेता भएका गोरु धनीलाई रु पाँच हजार र उपविजेतालाई रु तीन हजारसहित प्रमाणपत्र दिइयो ।26731052_1703784856308906_7218591767365655418_n

गोरु जुधाइ प्रतियोगिताको नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले उद्घाटन गर्दै संस्कृति र परम्पराका लागि स्थानीयवासीबाट चलाउँदै आएको मेलालाई आगामी दिनमा सरकारको पहलमा सञ्चालन गरिने बताउनुभयो । “गोरु जुधाइस्थलसम्म पुग्न कच्ची रहेको मोटरबाटोलाई व्यवस्थित गरी गोरु जुधाइने गरिएको किसानको बारीलाई गुठीका रुपमा विकास गरी संरक्षण गर्नु राज्यको दायित्व हो”, पोखरेलले भन्नुभयो, “सरकारले कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गराउन गोरुको विकल्पमा अनुदानमा ट्रयाक्टर वितरण गर्दैै आएकाले गोरु पाल्ने किसानमा आएको नैराश्यता हटाउन पनि सक्नुपर्छ ।” बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर तारुकास्थित मामाघरमा आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिएकाले यसलाई निरन्तरता दिन राज्यले बजेट र कार्यक्रम तय गर्नुपर्ने प्रतिनिधिसभा सदस्यमा नवनिर्वा्चित तारुकावासी नारायणप्रसाद खतिवडाले बताउनुभयो ।

मकर संक्रान्तिका अवसरमा नुवाकोट र रसुवाको संगमस्थल वेत्रावती र पञ्चकन्या, घलेभञ्ज्याङमा पनि दश दश हल गोरु जुधाइएको छ । नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विसं १८४९ मा वेत्रगंगाको नदी किनारमा भएको वेत्रावती सन्धिपछि नेपाली पक्षको जीतको उत्सवमा तत्कालीन समयमा गोरु जुधाइएको स्मरणमा सामरिक महत्व कायम राख्न स्थानीयवासीको पहलमा जोरु जुधाइलाई निरन्तरता दिइएको क्लबका अध्यक्ष सुरज लबटले बताउनुभयो । वेत्रावतीमा २०६७ सालदेखि गोसाइँकुण्ड युवा क्लबको पहलमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।26238978_1703784866308905_8708591298812835256_n (1)

पञ्चकन्यामा जुधाइने गोरु बाइसे -चौबीसे राज्य सञ्चालनका समयमा घले राजाहरुले मनोरञ्जन लिन गोरुलगायत पशु,चौपाया जुधाउने गरेको इतिहासलाई निरन्तरता दिँदै यस वर्ष पनि दश हल गोरु जुधाइएको प्रचार समितिका संयोजक प्रदीप दाहालले जानकारी दिनुभयो । जुधाइने गोरुको बीमासमेत गरिएको थियो । अघिल्ला वर्षको तुलनामा गोरु पाल्ने किसानको संख्या घट्दै गए पनि प्रतियोगितामा भने गोरुको संख्या बढ्दै गएको छ । वर्षभरी खेती गर्न समेत गोरु पाल्न छाडेका किसानले मकर सक्रान्तिमा प्रतिष्पर्धा गराएर उत्कृष्ट गोरुधनी बन्न पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर गोरु जुधाइमा सहभागी हुँदै आएका छन् । गोरु जुधाइबाट पछिल्लो समय खेल पर्यटनको प्रवद्र्धनमा टेवा पुग्दै आएको तारुकामा आयोजित गोरु जुधाइ अवलोकन गर्न आउनुभएका वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले बताउनुभयो ।

26231617_1703784859642239_7297208210856726462_n

रसुवा नुवाकोटको सिमान बिदुर नपा १० बेत्रावतीमा गोरु जाधाएको मनेरञ्जन लिदै दर्शकहरु
तस्वीर : हेमनाथ खतिवडा रसुवा

Comments

comments