गोसाँईकुण्ड बिशेष मेला तयारी पूरा

67606999_506238653454719_3738695290874494976_n

हेमनाथ खतिवडा
एकपटक पुग्नै पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्यका रुपमा परिचित रसुवाको गोसाँईकुण्डमा प्रत्येकवर्ष साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा) का दिन मेलाको तयारी थालिएको छ । यस वर्ष जनैपूर्णिमा साउन ३० गते परेको छ । वर्षेनी तीर्थस्थल गोसाँईकुण्डमा लाग्ने मेलाको व्यवस्थापनका लागि तयारी सुरु भएको छ । हरेक वर्ष पुत्रदा एकादशीदेखि साउन शुक्लपूर्णिमा (जनैपूर्णिमा) का दिनसम्म लाग्ने गोसाईकुण्ड मेलाको व्यवस्थापनका लागि यस वर्ष पनि तयारी सुरु भएको हो ।

जनैपूर्णिमा र दशहरा अवसरमा धार्मिक तथा पवित्र तीर्थस्थलको मेला व्यवस्थापन बारे जिल्ला प्रशासन कार्यालयमा गतसाता एक कार्यक्रमको आयोजना गरी मेला व्यवस्थापनका लागि नौ वटा उपसमिति गठन गरी आवश्यक तयारी पुरा सुरु गरिएको गाेसाईकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष संजीव डिएमले बताउनुभयो । गोसाईकुण्ड मेलामा टाढाबाट आउने भक्तजनलाई यात्रासहज बनाउन खानेपानी तथा सरसफाई, स्वास्थ्य , प्रचारप्रसार , वातावरण , स्वयमसेवक , आर्थिक व्यवस्थापन, अनुगमन , यातायात व्यवस्थापन र दररेट निर्धारण उपसमिति गठन गरिएको छ । यसवर्ष वर्षात भएकोले मौसम सफा हुनु र पासाङल्हामु सडकमा समस्या नरहेकोले तीर्थ यात्री बढ्ने अनुमान रहेको छ । उहाँले यस वर्ष १० देखि १५ हजार भक्तजन आउने अनुमान गरिएको समेत बताउँनुभयो ।

तयारीका सन्दर्भमा खन्तीको उकालो तथा ठाउँठाउँमा पदयात्रा मार्ग मर्मत सुधार गरिएको छ । उपसमितिले कार्ययोजना बनाई गोसाईकुण्ड क्षेत्रविकास समितिमा पेस गर्ने र त्यस लगत्तै सबै टोली परिचालन गरिने अध्यक्ष डिएमले जानकारी दिनुभयो । सबै समितिलाई मेला अवधिभर गर्ने कार्ययोजना बनाई पेश गर्न भनेका छौँ, उहाँहरूले मेला अवधिभर गर्ने कार्ययोजना हामीलाई बुझाएसँगै सबै टोली परिचालन हुनेछ ।

मेलाको तयारी भैरहेको जानकारी दिंदै सुरक्षा प्रबन्ध कडा हुने र राम्चे मुलखर्कलगायतका ठाउँमा सडक अवरुद्ध हुनसक्ने भएकोले स्क्याभेटर र डोजरहरु तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउँनुभयो । पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानवबीच लडार्इंमा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त गर्न हिमालयखण्डको काखमा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूल धाराको उत्पति भई त्यही पानीबाट गोसाईकुण्ड बनेको भन्ने जनविश्वास कायमै छ । कुण्डमा स्नान गरी भगवान गोसाई बाबा शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृले मोक्ष मिल्नुका साथै आफूले चित्ताएको सबै मनोकांक्षाहरू पूरा हुने जनविश्वासका साथ पटकपटक नुहाउन कुण्ड पुगेको कालिका गाउँपालिका ३ हाल भारतको गुहवटी वस्ने छायादेवी अगस्तीले बताउनुभयो ।

राजधानी काठमाडौँको बालाजुबाट नुवाकोटबाट रसुवाको कालिकास्थान , धुन्चे ( १सय १८ किमी टाढा ) ४÷५ घण्टामै सवारी साधनमा पुग्न सकिन्छ । धुन्चेबाट पैदल यात्रा गरी चन्दनबारी , चौलाङपाटी, लौरिविनायकका रमणीय दृष्यावलोकन गर्दै डेढदेखि २ दिनमा गोसाईकुण्ड पुग्न सकिन्छ । रसुवाको हिमाली क्षेत्रमा १०८ कुण्ड रहेको जनविश्वास छ । समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाईमा रहेको गोसाईकुण्ड २०६३ सालमा विश्व सम्पदा सूचि तथा सिमसार क्षेत्रमा सूचिकृत गोसाँइकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित क्षेत्र र अत्यन्त आकर्षक र मनमोहक छ । एकादशीदेखि पूर्णिमासम्म यहाँ नुहाउनेहरूको भीड् लाग्ने गर्दछ । जैविक विविधताको धनी यस क्षेत्रमा वर्षेनी हजारौं विदेशी तथा स्वदेशी पर्यटक आउँने गर्दछन् ।
समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मीटरको उचाईमा रहेको गोसाइँकुण्डको लम्बाई ६ सय मीटर छ भने चौडाई ३ सय ७० मीटर छ र १८ दशमलव ३ मीटर गहिरो छ । भगवान् श्री शंकरको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस गोसाइँकुण्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएकोले वर्षेनी हजारौँ भक्तजनहरूको आगमन हुने गरेको छ । कुण्डमा हरेकवर्ष गंगादशहरा र जनैपूर्णिमा गरी दुई पटक मेला लाग्ने गर्दछ ।
धार्मिक पर्यटकीय क्षेत्र गोसाईकुण्डमा आजभोलि मेलाको समय भन्दा अन्य समयमा आउने पर्यटक दिनहुँ बढेको पर्यटन व्यवसायी रोमित शेर्पाले बताउनुभयो । यात्रीहरूको सुविधाका लागि कुण्ड मार्गमा २ दर्जन स्थायी घरहरूमा पर्यटक लक्षित होटल तथा लज रहेका छन् भने मेलाका लागि सय बढि थर्पू (अस्थायी टहर) निर्माण सुरु भएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित कुण्ड अत्यन्तै आर्कषक छ । धार्मिक आस्था हिमाली प्राकृतिक सौन्दर्यका दृश्यहरू यहाँ निकै पाईन्छ । पैदल यात्राका सौखिन धर्ममा आस्था राख्नेहरू आन्तरिक तथा बाहिरी पर्यटकको संख्या बर्षेनी आउने गर्दछन् । यस क्षेत्रको अझ विकास गर्न सरकारले उच्च प्राथमिकतामा पार्न आवश्यक रहेको स्थानीय बुद्धिजिवीहरू बताउनुहुन्छ । ऐतिहाँसिक धार्मिक एबं पर्यटकीय गन्तब्य गोसाँईकुण्डलाई प्राकृतिक सुन्दरतामा रमाउने र धार्मिक आस्था राख्नेहरूका लागि प्रकृतिको अनुपम देन नै मान्दछन् । घट्टेखोला, देउराली, चन्दनवारीको सिङ्गोम्पाको बुद्धको बिशाल मूर्ति, दिम्सा, चोलाङपाटी, लौरीबिनायक, जस्ता मनोरम दृश्यहरू देखिने स्थानहरू यस मार्गमा पर्दछन् ।Goshainkunda
भगवान् श्री शंकरको वासस्थानको रुपमा रहेको हिमालयको काखमा रहेको गोसाँईकुण्ड स्नान गर्नाले जीवनभरको पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पुरा हुने जनविश्वास रहेकोले वर्षेनी भक्तजनहरूको आउने गरेका छन् । सदरमुकाम धुन्चेसम्मको बसको यात्रा पछि २ दिनको पैदल यात्राबाट पुग्न सकिने गोसाँईकुण्ड समुन्द«मन्थनबाट उत्पन्न भएको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान शिवले कालकुट नामक विष पिएर पृथ्वीको नास हुनबाट बचाएको पौराणिक मान्यता छ । कालकुट नामक विष पिएर भगवान शिवले विषको डाह सान्त गर्न त्रिशूल प्रहार गरी त्यस स्थानमा जलधारा (गंगाजल) उत्पन्न गराई त्याहाबाट आएको पानीले प्यास मेटाएको पौराणिक मान्यता छ ।
त्रिशूल प्रहारबाट उत्पत्ती भएको हुनाले त्रिशूल धाराको नामले परिचित छ त्यही सोही पानी जमेर गोसाँईकुण्ड बनेको हो यस्ता पौराणिक धार्मिक ग्रन्थहरूमा समेत उल्लेखित रहेको कालिका गाउँपालिका ३ का पुरोहित बासुदेब ढकाल बताउनुहुन्छ । भैरब , सरस्वती , सुर्य , रक्त, आमालगायत १०८ कुण्ड रहेको रसुवाको गोसाँईकुण्ड त्रिशूली हिमनदीको उद्गम् बिन्दुका पनि हो । जनैपुर्णिमाका दिन सबै देवी देवताहरूको सो कुण्डमा जमघट हुने हुनाले यहाँ पुजाआजा स्नान गरी आनन्द प्राप्त तथा पुन्य मिल्ने तीर्थयात्रीहरू बताउनुहुन्छ । नेपालका चार धाम मध्ये एक धामको रुपमा परिचित गोसाँईकुण्डमा रहेक बर्ष दशहरामा र साउन शुक्ल पुर्णिमा (जनैपुर्णिमा) का दिन विशेष मेला लाग्दै आएको छ ।
मेला सुरु हुनु केही दिन पहिले गोसाइकुण्ड अगाडिको शिव मन्दिर परिसरमा स्थानीयले ध्वजापतकाले सिंर्गादछन् । जनैपूर्णिमाको ४ र ५ दिन अघि स्थानीय तथा टाढादेखि आएका तामाङ तथा ह्योल्मोहरू आ–आफ्ना परम्परागत आर्कशक भेषभूषामा सजिएर आउने गर्दछन् । गाउँगाँउबाट समूहगत रुपमा गाउँगाउँबाट आएर लामाझाँक्रीहरूसँग कुण्ड अगाडीको शिव मन्दिर परिसरमा तामाङ तथा तिब्बेतियन तथा सांस्कृतिक गीन नृत्य गरी ध्वजापतकाले सिंगार्ने गर्दछन् । मेलामा वैकल्पिकर्मागको रूपमा राजधानीबाट सुन्दरीजलको र शिन्धुपाल्चोक र यार्साको लेकहुँदै तीर्थयात्रीहरू हजारौंको सख्यामा गोसाँईकुण्ड आउने गर्दछन् । बृद्धबृद्धाहरू र कतिपय हिड्न नसक्नेहरू घोडामा सयर गरेर यात्रा पूरा गर्ने गर्दछन् ।
त्यसैगरी धार्मिक मान्यता मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि सो ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकहरू देउराली, ढिम्सा, चन्दनवारी, चोलाङपाटी, लौरीविनायक बुद्ध मन्दिरलगायतका स्थानहरूको मनोरम प्राकृतिक दृश्यावलोकन गरी रमाउँदै ऐतिहाँसिक, साँस्कृतिक, धार्मिक तथा जैविक विविधता संरक्षणको गन्तव्यका रूपमा परिचित गोसाइँकुण्ड पुग्दछन् । यस पदमागमा प्रजातिका फूलहरू, लोपोन्मुख वन्यजन्तु, वनस्पत्ति, चराहरू रमणीय दृष्यहरु देखिन्छ । वैकल्पिक र्मागको रूपमा राजधानीबाट सुन्दरीजलको बाटो भएर पनि तीर्थयात्रीहरू गोसाइँकुण्ड पुग्दछन् । मेलाको समयमा हुने फोहोरको उचित व्यवस्थापन गरी प्राकृतिक सुन्दरता र जौविक विविधता बचाई राख्न सरसफाइमा ध्यान दिनुपर्ने स्थानीय बुद्धिजिवी तथा पर्यटन व्यासायी सुब्बा लामा बताउनुहुन्छ ।Goshaikund rasuwa

 

Comments

comments