गोसाँईकुण्ड पदयात्रा मार्ग सुरक्षित

Goshainkunda

Goshainkunda
विनाशकारी भूकम्पले क्षति पु¥याएको रसुवा जिल्ला ऐतिहाँसिक तथा पुरातात्विक महत्वका र धार्मिक एबम् पर्यटकीय क्षेत्रमा अहिले पर्यटक आगमन हुन थालेका छन् ।

बाटोघाटो तथा होटल लज पनि खुलेकोले स्थानीयले बाटो तथा होटल लज सुधार गरेपछि यो मार्ग सुरक्षित भएको हो । पर्यटन व्यवसायलाई जीवनको मुख्य पेशा बनाएकाहरूले मार्ग खुलाउन पहल गरेपछि होटल तथा घर मर्मत गरेपछि पर्यटन ब्यवसायीहरूले गोसाँईकुण्ड रुटमा रहेको पदयात्रा मार्ग सुरक्षित भएकोले यहाँ पर्यटक आउन थालेका छन् । यसले गर्दा यस क्षेत्रमा बिदशी तथा स्वदेशी पर्यटकहरू आउन थालेका छन् । 
गोसाँईकुण्ड मार्गमा ध्वस्त घरहरू मर्मत भएपनि अन्य पर्यटकीय क्षेत्रका ध्वस्त घरहरू मर्मत भएका छैनन् । पर्यटकीय क्षेत्र ठूलोस्याफ्रुमा धेरै ढलान तथा पिलर घरहरू पनि ध्वस्त छन् । त्यस क्षेत्रमा भने पुर्ननिर्माण हुन सकेको छैन । उता लाङटाङ क्षेत्रमा बिस्थापितहरू विद्यार्थीहरू बाहेक सवै फर्केका छन् । लाङटाङ गाउँ भन्दा माथि मुण्डुमा स–साना छाप्रा हाल्ने काम सुरु भएको छ भने केही क्यान्जिङ क्षत्रमा पनि बस्दै आएका छन् । यस मार्गकाे चाेलाङपाटीमा रेडपान्डा अाफुले भेटेकाे संरक्षणमा लागेका स्थानीय युवा राेमित शेर्पाले बताए ।

Comments

comments