गोसाइँकुण्डबाट फर्केका यात्रीलाई धैबुङ्गमा दही बितरण

दही बितरणा

रसुवा, साउन ३१ गते । धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डबाट फर्केका यात्रीलाई दही बितरण गर्ने परम्परा अनुसार आज कालिकास्थानमा दही बितरण गरिएको छ ।

67960556_390218148364543_2042821754627293184_nमेलामा वर्षेनी आउने गोरखनाथ बाबालगायत तीर्थयात्रीलाई दहि र घुम बिरतरण गर्ने परम्पार लोप हुन लागेपछि स्थानीयले पुरानो परम्पराको जर्गेना गर्न दहि बितरण थालिएको हो । दहि र घुमबाट अपभ्रम्स भएर तत्कालीन धैबुङ्ग गाविसको नामाकरण भएको मान्यता छ । 68668530_1519333761541292_6249237377718419456_o
तत्कालीन राजा पृथ्बीनारायण शाहको पालादेखि “दहि र घुम” बितरण गर्ने प्रचलन अनुरुप दही बितरण गरिएको कालिका गाउँपालिका वडा नं ५ का बिष्णु देवकोटाले बताउनुभयो । कालिका गाउँपालिका अध्यक्ष सिता अधिकारी, उपाध्यक्ष भवानी न्यौपानेको समेत उपस्थितीमा यात्रीलाई कालिका गाउँपालिका २ स्थित सेनाको चेकपोष्टबाट २ हजार २ सय यात्रीलाई एक एक कप दहि निशुल्क बितरण गरिएको धैबुङ्ग कालिका साना किसान कृषि सहकारीका अध्यक्ष विष्णु पौडेलले बताउनुभयो । यसवर्षबाट दहि बितरण नियमित गरिने उहाँले बताउनुभयो ।

गोसाइँकुण्डमेलामा दश हजार यात्री आए
रसुवा, साउन ३१ गते । रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सकिएको छ ।
नाग पन्चमीदेखि साउन शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाका दिनसम्म लाग्ने गोसाइँकुण्ड मेलामा साउन २१ देखि ३० गतेसम्म गोसाइँकुण्डमा लागेको मेलामा वर्ष करिब १० हजारभन्दा बढी भक्तजनले मेला भरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिव डिएमले बताउँनुभयो । जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलामा स्नान गर्ने तीर्थयात्रीको संख्यामा गत वर्षको तुलनामा यस वर्ष वृद्धि भएको छ । गोसाइँकुण्ड जाने सडक मार्गअन्तर्गत राम्चे र मुलखर्कमा बर्सेनी जाने पहिरो यस वर्ष सुचारु रहेकाले तीर्थयात्रीको संख्या वृद्धि भएको हो । दश दिनसम्म लागेको मेला भर्न देशका विभिन्न जिल्लाको र भारतबाट पनि तीर्थयात्रु आएका थिए । मेला अवधिमा मात्र नभई  गोसाइँकुण्डमा बाह्रै महिना आवत जावत हुने गरेको छ ।

69063508_1515969605211041_2080887298152464384_n
प्राकृतिको भण्डारको रुपमा रहेका विभिन्न कुण्ड, हिमाल र लाङटाङ निकुञ्जको चिनारीको लागि पनि जनैपूर्णिमा पर्वले गोसाइँकुण्डको महिमा जीवन्त राख्न सहयोग र्पुयाउँदै आएको छ। गोसाइँकुण्ड गाउँपालिका -५ मा अवस्थित गोसाइँकुण्ड समुद्रि सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको छ। गोसाइँकुण्डमा हरेक वर्ष गंगादशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने गर्दछ। सन् २००७ सेप्टेम्वरमा गोसाइँकुण्ड रामसार सूचीमा समेत सूचीकृत छ । मेलामा होटल तथा अन्य व्यापार बढेको थियो भने चन्दनबारी चिज कारखानाबाट चिज बिक्री भएको थियो । यसले अर्थतन्त्रमा पनि टेवा पुगेको व्यवसाथीहरु बताउछन् ।

Comments

comments