‘गोसाइँकुण्ड एकीकृत विकास आयोजना’ को डिपिआर तयार

Gosainkunda 2

हेमनाथ खतिवडा
रसुवा, साउन २० गते । धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्डको प्रवद्र्धनका लागि ‘ गोसाइँकुण्ड एकीकृत विकास आयोजना ’ सञ्चालन गरिने भएको छ । प्रदेश सरकारले डिपिआर तयार गरेको छ ।
प्रदेश ३ सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको सहरी विकास विभागले डिपिआर तयार गरेको हो । यसवर्ष वातारणीय प्रभाव मूल्यांकनको काम थालनी गरिने छ । डिपिआर अनुसार गोसाइँकुण्ड क्षेत्रको विकासका लागि ३० करोड रुपियाँ खर्च हुनेछ । आयोजनामा ग्रेटवाल निर्माण, रेलिङ निर्माण, खानेपानी तथा सरसफाईको व्यवस्थापन, बाटाघाटोे निर्माण, पाटीपौवा निर्माण, मन्दिरको व्यवस्थापनलगायतका योजना समेटिएको छ ।67736973_10156705579377775_868981495841161216_n
त्यहाँ रहेको त्रिशूल धारा व्यवस्थापन, हेलिप्याड निर्माण, साँस्कृतिक नाँचघर निर्माण तथा लौरी विनायक बुद्ध मन्दिरदेखि गÞोसाइँकुण्डसम्मको बाटोको छेउमा रेलिङ राख्ने गरिने योजना छ । गोसाइँकुण्डदेखि चोलाङपाटीसम्म ‘ग्रेटवाल’ निर्माण गरिने पनि डिपिआरमा उल्लेख छ । गÞोसाइँकुण्डको उचित संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले डिपिआर तयार भएको प्रदेश सभा सदस्य प्रभात लामाले बताउनुभयो । उहाँले भन्नुभयो ‘गोसाइँकुण्डको व्यवस्थापन गर्न सकेमा पर्यटकको आगमन बढ्छ ।’
हरेक वर्ष पुत्रदा एकादशीदेखि साउन शुक्लपूर्णिमा (जनैपूर्णिमा) का दिनसम्म लाग्ने गोसाईकुण्ड मेलाको लाग्ने गर्दछ । जनैपूर्णिमा र दशहरा अवसरमा धार्मिक तथा पवित्र तीर्थस्थलको मेला लाग्छ । बिभिन्न मौसममा स्वदेशी तथा विदेशी पर्यटक आउँछन् भने यो तीर्थस्थलमा वर्षेनी मेला लाग्ने गर्दछ ।

हरेकवर्ष १० देखि ३५ हजार भक्तजन आउने गरेका छन् । राजधानी काठमाडौँको बालाजुबाट नुवाकोटबाट रसुवाको कालिकास्थान, धुन्चे ( १सय १८ किमी टाढा ) ४÷५ घण्टामै सवारी साधनमा पुग्न सकिन्छ । धुन्चेबाट पैदल यात्रा गरी चन्दनबारी, चौलाङपाटी, लौरीविनायकका रमणीय दृष्यावलोकन गर्दै डेढदेखि २ दिनमा गोसाईकुण्ड पुग्न सकिन्छ । रसुवाको हिमाली क्षेत्रमा १०८ कुण्ड रहेको जनविश्वास छ । समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाईमा रहेको गोसाईकुण्ड २०६३ सालमा विश्व सम्पदा सूचि तथा सिमसार क्षेत्रमा सूचिकृत गोसाँइकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित क्षेत्र र अत्यन्त आकर्षक र मनमोहक छ । एकादशीदेखि पूर्णिमासम्म यहाँ नुहाउनेहरूको भीड् लाग्ने गर्दछ । जैविक विविधताको धनी यस क्षेत्रमा वर्षेनी हजारौं विदेशी तथा स्वदेशी पर्यटक आउँने गर्दछन् ।

समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मीटरको उचाईमा रहेको गोसाइँकुण्डको लम्बाई ६ सय मीटर छ भने चौडाई ३ सय ७० मीटर छ र १८ दशमलव ३ मीटर गहिरो छ । भगवान् श्री शंकरको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस गोसाइँकुण्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएकोले वर्षेनी हजारौँ भक्तजनहरूको आगमन हुने गरेको छ । कुण्डमा हरेकवर्ष गंगादशहरा र जनैपूर्णिमा गरी दुई पटक मेला लाग्ने गर्दछ ।
तीर्थयात्रीहरूको सुविधाका होटल लज अभाव छ । होटल लज तथा बस्ती विकासका लागि पनि योजनामा समेटिनुपर्ने स्थानीय बताउँछन् । मेलाको समयमा आउने यात्रीहरु प्लाष्टिकको छाप्रामा सुत्नुपर्छ उचित होटल लज र पाटी पौवा पनि निर्माण हुनुपर्ने यात्रीहरुको माग छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित गोसाइकुण्ड अत्यन्तै आर्कषक छ । धार्मिक आस्था हिमाली प्राकृतिक सौन्दर्यका दृश्यहरू यहाँ निकै पाईन्छ । पैदल यात्राका सौखिन धर्ममा आस्था राख्नेहरू आन्तरिक तथा बाहिरी पर्यटकको संख्या बर्षेनी आउने गर्दछन् । यस क्षेत्रको अझ विकास गर्न सरकारले उच्च प्राथमिकतामा पार्न आवश्यक रहेको स्थानीय बुद्धिजिवीहरू बताउनुहुन्छ । ऐतिहाँसिक धार्मिक एबं पर्यटकीय गन्तब्य गोसाँईकुण्डलाई प्राकृतिक सुन्दरतामा रमाउने र धार्मिक आस्था राख्नेहरूका लागि प्रकृतिको अनुपम देन नै मान्दछन् । घट्टेखोला, देउराली, चन्दनवारीको सिङ्गोम्पाको बुद्धको बिशाल मूर्ति, दिम्सा, चोलाङपाटी, लौरीबिनायक, जस्ता मनोरम दृश्यहरू देखिने स्थानहरू यस मार्गमा पर्दछन् ।
पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न भएको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान शिवले कालकुट नामक विष पिएर पृथ्वीको नास हुनबाट बचाएको पौराणिक मान्यता छ । कालकुट नामक विष पिएर भगवान शिवले विषको डाह सान्त गर्न त्रिशूल प्रहार गरी त्यस स्थानमा जलधारा (गंगाजल) उत्पन्न गराई त्याहाबाट आएको पानीले प्यास मेटाएको पौराणिक मान्यता छ । भगवान् श्री शंकरको वासस्थानको रुपमा रहेको हिमालयको काखमा रहेको गोसाँईकुण्ड स्नान गर्नाले जीवनभरको पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पुरा हुने जनविश्वास रहेकोले वर्षेनी भक्तजनहरूको आउने गरेका छन् ।

67186049_10156705579062775_6265400155697053696_n
त्रिशूल प्रहारबाट उत्पत्ती भएको हुनाले त्रिशूल धाराको नामले परिचित छ त्यही सोही पानी जमेर गोसाँईकुण्ड बनेको हो यस्ता पौराणिक धार्मिक ग्रन्थहरूमा समेत उल्लेखित रहेको कालिका गाउँपालिका ३ का पुरोहित बासुदेब ढकाल बताउनुहुन्छ । भैरब, सरस्वती, सूर्य, रक्त, आमालगायत १०८ कुण्ड रहेको रसुवाको गोसाँईकुण्ड त्रिशूली हिमनदीको उद्गम् बिन्दुका पनि हो । जनैपुर्णिमाका दिन सबै देवी देवताहरूको सो कुण्डमा जमघट हुने हुनाले यहाँ पुजाआजा स्नान गरी आनन्द प्राप्त तथा पुन्य मिल्ने तीर्थयात्रीहरू बताउनुहुन्छ । नेपालका चार धाम मध्ये एक धामको रुपमा परिचित गोसाँईकुण्डमा रहेक बर्ष दशहरामा र साउन शुक्ल पुर्णिमा (जनैपुर्णिमा) का दिन विशेष मेला लाग्दै आएको छ ।
गोसाइँकुण्ड एकीकृत विकास आयोजना (डिपिआर) तयार गर्नका लागि १८ लाख रुपियाँ खर्च भएको छ । यस वर्षका लागि ३० लाख बजेट विनियोजन गरिएको छ । आव ०७६÷७७ मा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तयार गर्ने र रेलिङ निर्माण गर्ने योजना छ । गत वर्षबाट खानेपानी निर्माणको काम सुरु भएको थियो । गोसाइँकुण्डदेखि चोलाङपाटीसम्म खानेपानी योजना निर्माणका लागि १ करोड खर्च हुने छ । जसमा गत वर्ष ३२ लाख रुपियाँ खर्च भइसकेको छ ।
तीन वर्षभित्र सम्पन्न गर्ने महत्वकांक्षी योजना रहेको प्रदेशसभा सदस्य लामाले बताउनुभयो । चालु आर्थिक वर्ष २०७६÷७७ का लागि प्रदेश सरकारले गोसाइँकुण्डको क्षेत्रमा विभिन्न योजना सञ्चालन गर्नका लागि ७० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । प्रदेश सरकारबाट गोसाइँकुण्ड क्षेत्र एकीकृत विकास योजनाका लागि ३० लाख, स्याफ्रु गोसाइँकुण्ड पदमार्ग निर्माणका लागि ३० लाख र गोसाइँकुण्ड क्षेत्र सरसफाई कार्यक्रमका लागि १० रुपियाँ बजेट विनियोजन भएको छ ।
जिल्लामा दीर्घकालीन योजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । ‘टुक्रा योजनाले विकास हुन सक्दैन, उहाँले भन्नुभयो ‘डिपिआर अनुसार ठूला तथा दीर्घकालीन योजना अघि सारिएको छ यसै अनुसार क्रमशः यसपटक खानेपानी र वातावरणीय प्रभाव मूल्यांकनको काम हुन्छ ।’ धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड,यार्सा–गोसाइँकुण्ड तीनवटा पदमार्ग सञ्चालनमा छन् । काठमाडाै- धुन्चे–गोसाइँकुण्ड सबैभन्दा बढी यात्रुहरुले प्रयोग गर्ने मार्ग हो । काठमाडौँबाट धुन्चेसम्म ११८ किमी सवारीमा यात्रा गर्न सकिन्छ । त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिनायक र लौरीबिनायकहुँदै पैदलयात्रा पछि गोसाइँकुण्ड पुगिन्छ । तीर्थयात्रीले प्रयोग गर्ने दोस्रो बाटोको रूपमा काठमाडौँ–सुन्दरीजल÷हेलम्बु–ठाडेपाटी बाटो पनि छ । केही यात्रुहरू यार्सा गोसाइँकुण्डको बाटो प्रयोग गर्छन ।
स्थानीय सरकारले भने धुन्चे –गोसाइकुण्ड केबरकारको अवधारणा अघि सारेको छ । जिल्लाको गोसाईकुण्ड गाउँपालिकाले गाउँपालिकाको गौरवको योजना अन्तरगत धुन्चे–गोसाईकुण्ड केवलकार निर्माणको लागि डिपिआर तयारी गर्न गतवर्ष ३० लाख रुपियाँ वजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो । ‘नौकुण्ड गाउँपालिकाको राष्ट्रिय महत्वका स्थानहरु पर्यटनका प्रगाढ सम्भावना बोकेका सातधारे हिमाल, गोसाईकुण्ड केबलकार तथा पर्यटकीय पदमार्ग प्राकृतिक स्रोतको व्यवस्थापनको सम्भाव्यता अध्ययनका लागि १० लाख रुपियाँ विनियोजन गरिएको’ उल्लेख छ ।

67382378_10156705575942775_3522414266994917376_n

तस्वीर क्याप्सन :
‘गोसाइँकुण्ड एकीकृत विकास आयोजना’ सञ्चालन पछि देखिने दृश्य

Comments

comments