गोसाइँकुण्ड मेलाका तयारी पूरा

Goshaikund rasuwa

रसुवा, साउन ११ गते , रसुवाको गोसाइकुण्डमा जनैपूर्णिमा मेला तयारी पूरा भएको छ । हरेक वर्ष जनैपूर्णिमाका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला भर्नका लागि तिर्थयात्री आउने क्रम पनि सुरु भएको छ ।

श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमासम्म लाग्ने मेला यो वर्ष नागपञ्चमी र पूर्णिमा एकैदिन परेकोले कम यात्री आउने तर  २३ गतेसम्म मेला जारी रहने भएको छ ।

यस वर्ष साउन १० गतेदेखि १३ गतेसम्म चार दिन विशेष मेला लाग्ने र यस पछि पनि २३ गतेसम्म यात्री निरन्तर आउने अनुमान गरिएको छ ।

नागपञ्चमीकै दिन जनैपूर्णिमा अर्थात रक्षा बन्धन गर्ने गरी मेलाको आवश्यक तयारी गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यो वर्ष करिव १० हजारले मेला भर्ने अनुमान गरिएको छ । गत वर्ष जनैपूर्णिमा मेलामा करिब ७ हजार पाँच सयले मेला भरेका थिए । चार दिनसम्म विशेष मेला लाग्ने भएपनि पूर्णिमासम्म तिर्थयात्री आउने अनुमान गरिएको समितिले जनाएको छ ।

मेला व्यवस्थापनको सम्पूर्ण काम सकिएको समितिले जनाएको छ । मेला व्यवस्थापनको लागि विभिन्न समिति तथा उपसमिति निर्माण गर्ने, धुन्चेदेखि गोसाँइकुण्डसम्मको पदमार्गको सरसफाई गर्ने, आवश्यक प्रचार प्रसारका सामाग्रीको ब्रोसियर तथा फ्लेक्स छपाइ गर्ने पदमार्ग सुधार, थर्पु निर्माण मर्मत र सरसफाई गर्ने, दररेट निर्धारण गर्ने, सूचना केन्द्रको स्थापना गर्ने लगायतको सम्पूर्ण तयारी सकिएको हो । यसवर्ष अनुगमन तथा सुरक्षा ब्यवस्था पनि भएको छ ।

मेला भर्न जाने तिर्थयात्रीलाई वास वस्नका लागि आवश्यक अस्थायी थर्पूको व्यवस्थापन गरिएको छ । धुन्चे हुँदै गोसाइँकुण्ड जाने पदमार्गमा १७ वटा स्थायी होटल मात्र सञ्चालनमा रहेकाले मेला अवधीभरका लागि अस्थायी छाप्रो अर्थात थर्पु निर्माण गर्ने गरिएको छ ।

यस वर्ष ७५ वटा थर्पुले अनुमति लिएका छन् । ६० वटा थर्पु निर्माण भैसकेको र अन्य थर्पु निर्माण भैहरेको समितिले जनाएको छ । धुन्चेको घट्टेखोलामा थर्पु सञ्चालनका लागि आठ सय र गोसाइँकुण्डका लागि १३ सय सम्म दर निर्धारण गरिएको छ ।

जनैपूर्णिमाको अवसरमा लाग्ने मेलालाई मध्येनजर गर्दै जिल्ला स्वास्थ्य कार्यालय रसुवासँगको समन्वयमा पदमार्गको पाँच स्थानमा स्वास्थ्य क्याम्प सञ्चालन गरिएको छ । चार दिनसम्म सञ्चालन हुने स्वास्थ्य क्याम्पका लागि विभिन्न गैरसरकारी संस्थाले सहयोग गरेका छन् । समितिका अनुसार साउन १३ गतेसम्म स्वास्थ्य क्याम्प सञ्चालन हुने भएको छ ।

मंगलबारदेखि पदमार्गको गोसाइँकुण्ड, बुद्ध मन्दिर, लोरीविना, चोलाङपाटी र घट्टेखोलामा स्वास्थ्य क्याम्प राखिएको जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख झलक गौतमले जानकारी दिनुभयो ।

तिर्थयात्रीहरु मुख्य बाटोको रुपमा रसुवाको धुञ्चेबाट घट्टेखोला, बुद्ध मन्दिर, लौरीविना हुँदै पैदल मार्फत जाने गरेका छन् । काठमाडौको सुन्दरीजलबाट पैदल यात्रा सुरु गरी, चिसापानी, कुटुङसाङ्ग, मागिनगोठ, छहरेपाटी, घोप्टेभीरको फेदी हँुदै सूर्यकुण्ड गोसाईकुण्ड पुग्ने अर्को पैदल मार्ग रहेको छ । यस मार्गबाट विश्राम गर्दै दुई दिनमा सहज रुपमा गोसाइँकुण्ड पुग्न सकिन्छ ।

त्यसैगरी गोसाइँकुण्ड पुग्न अर्को पदमार्गको रुपमा सुन्दरीजलबाट पैदल मार्गको विकल्पमा तिर्थयात्रीको लागी नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ गँगटेबाट खरानीटार, समुन्द्रटार, रामती, घ्याङफेदी हुँदै फेदी निस्केर सूर्यकुण्ड गोसाईकुण्ड पुग्न पनि सकिन्छ ।

कुण्डमा स्नान गरी गोसाइँवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफुले चित्ताएको सवै मनोकांक्षा पुरा हुने जनविश्वासका साथ वर्षेनि हजारौैँ हजार भक्तजनहरु कुण्डमा स्नान गर्न आउने गर्दछन् ।

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानव विच लडाई हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुलधाराको पानीबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाईन्छ ।

जिल्लाको पर्यटकिय तथा पवित्र धार्मिक तिर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि बर्षको दुई पटक तिर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । नागपञ्चमी पनि एकै दिन परेकोले कम यात्री आउने अनुमान गरिएको छ ।
गुरु गोरखनाथ बाबा नआएसम्म मुख्य मेला नसकिने र एकादशीदेखि पूर्णिमासम्म धेरै यात्री आउने हुनाले साउन २३ गतेसम्म मेला लाग्ने र १० हजार बढि यात्री आउने अनुमान रहेको गोसाँईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिव डिएमले बताउँनुभयो ।

२०६३ सालमा विश्व सम्पदा सूचि तथा सिमसार क्षेत्रमा सूचिकृत गोसाँइकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित क्षेत्र र अत्यन्त आकर्षक र मनमोहक स्थान पनि मानिन्छ । एकादशीदेखि पूर्णिमासम्म यहाँ नुहाउनेहरूको भीड् लागेको थियो । जैविक विविधताको धनी यस क्षेत्रमा वर्षेनी हजारौं विदेशी तथा स्वदेशी पर्यटक आउँने गर्दछन् ।

समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मीटरको उचाईमा रहेको गोसाइँकुण्डको लम्बाई ६ सय मीटर छ भने चौडाई ३ सय ७० मीटर छ र १८ दशमलव ३ मीटर गहिरो छ । भगवान् श्री शंकरको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस गोसाइँकुण्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएकोले वर्षेनी हजारौँ भक्तजनहरूको आगमन हुने गरेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित कुण्ड अत्यन्तै आर्कशक छ । धार्मिक आस्था हिमाली प्राकृतिक सौन्दर्यका दृश्यहरू यहाँ निकै पाईन्छ । पैदल यात्राका सौखिन धर्ममा आस्था राख्नेहरू आन्तरिक तथा बाहिरी पर्यटकको संख्या बर्षेनी आउने गर्दछन् । यस क्षेत्रको अझ विकास गर्न सरकारले उच्च प्राथमिकतामा पार्न आवश्यक रहेको स्थानीय बुद्धिजिवीहरु बताउनुहुन्छ । प्राकृतिक सुन्दरतामा रमाउने र धार्मिक आस्था राख्नेहरूका लागि प्रकृतिको अनुपम देन नै मान्नु पर्छ ऐतिहाँसिक धार्मिक एबं पर्यटकिय गन्तब्य गोसाँईकुण्डलाई । घट्टेखोला,देउराली,चन्दनवारी स्थित सिङ्गोम्पाको बुद्धको बिशाल मूर्ति, दिम्सा,चोलाङपाटी, लौरीबिनायक, जस्ता मनोरम दृश्यहरू देखिने स्थानहरू यस मार्गमा पर्दछन् ।

भगवान् श्री शंकरको वासस्थानको रुपमा रहेको हिमालयको काखमा रहेको गोसाँईकुण्ड स्नान गर्नाले जीवनभरको पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पुरा हुने जनविश्वास रहेकोले वर्षेनी भक्तजनहरूको आउने गरेका छन् ।
सदरमुकाम धुन्चेसम्मको बसको यात्रा पछि २ दिनको पैदल यात्राबाट पुग्न सकिने गोसाँईकुण्ड समुन्द«मन्थनबाट उत्पन्न भएको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान शिवले कालकुट नामक विष पिएर पृथ्वी को नास हुनबाट बचाएको पौराणिक मान्यता रहेको छ । कालकुट नामक विष पिएर भगवान शिवले विषको डाह मार्न त्रिशुल प्रहार गरी सो स्थानमा जलधारा ९गंगाजल० उत्पन्न गराई त्याहाबाट आएको पानीले प्यास मेटाएको किम्बदन्ती सुनाउदै कुण्ड नजिर्क होटल सञ्चालन गरिरहेका पर्यटन ब्याबसायी ढिण्डुप तामाङले भन्नुभयो ‘यस क्षेत्रको विकासका लागि सरकारले बृहत योजना बनाउन आवश्य रहेको छ । ’

त्रिशूल प्रहारबाट उत्पत्ती भएको हुनाले त्रिशूल धाराको नामले परिचित छ त्यही सोही पानी जमेर गोसाँईकुण्ड बनेको हो यस्ता पौराणिक धार्मिक ग्रन्थहरूमा समेत उल्लेखित रहेको पुरोहित बासुदेब ढकाल बताउछन् । भैरब , सरस्वती , सुर्य , रक्त, आमा लगायत १०८कुण्ड रहेको रसुवाको गोसाँईकुण्ड त्रिशूली हिमनदीको उद्गम् बिन्दुका पनि हो । जनैपुर्णिमाका दिन सबै देवी देवताहरूको सो कुण्डमा जमघट हुने हुनाले यहाँ पुजाआजा स्नान गरी आनन्द प्राप्त तथा पुन्य मिल्ने तीर्थयात्रीहरू बताउँनुहुन्छ । नेपालका चार धाम मध्ये एक धामको रुपमा परिचित गोसाँईकुण्डमा रहेक बर्ष दशहरामा र साउन शुक्ल पुर्णिमा (जनैपुर्णिमा) मा विशेष मेला लाग्दछ ।

त्यसैगरी धार्मिक मान्यता मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि सो ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकहरू देउराली, ढिम्सा, चन्दनवारी, चोलाङपाटी, लौरीविनायक बुद्धमन्दिरलगायतका स्थानहरूको मनोरम प्राकृतिक दृश्यावलोकन गरी रमाउँदै ऐतिहाँसिक, साँस्कृतिक, धार्मिक तथा जैविक विविधता संरक्षणको गन्तव्यका रूपमा परिचित गोसाइँकुण्ड पुग्दछन् । यहाँ धेरै प्रजातिका फूलहरू, लोपोन्मुख वन्यजन्तु, वनस्पत्ति, चराहरू रहेका छन् । वैकल्पिक र्मागको रूपमा राजधानीबाट सुन्दरीजलको बाटो भएर पनि तीर्थयात्रीहरू गोसाइँकुण्ड पुग्दछन् । मेलाको समयमा हुने फोहोरको उचित व्यवस्थापन गरी प्राकृतिक सुन्दरता र जौविक विविधता बचाई राख्न सरसफाइमा ध्यान दिनुपर्ने स्थानीय बुद्धिजिवीहरू बताउनुहुन्छ ।

Comments

comments