गोसाइँकुण्ड र सूर्यकुण्ड क्षेत्रमा स्की खेल सम्पन्न

रसुवा । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धनमा सेवा पु¥याउने गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित स्की खेल ९हिउँ खेल्ने खेल० मंगलबार सम्पन्न भएको छ ।

हिमालयन स्की खेलमा प्रालिका कार्यकारी निर्देशक ललितबहादुर श्रीसका अनुसार समुदायमा आधारित पर्यटन प्रवद्र्धनको विकासमा मद्दत पु¥याउने अभिप्रायले महोत्सवको आयोजना गरी गोसाइँकुण्ड र सूर्यकुण्ड इलाका स्की खेल गरिएको हो ।
खेलमा ७५ जनाको सहभागिता रहेको र तीमध्ये ५० जना स्वदेशी तथा ५५ जना अमेरिका यूके, चिली, अस्ट्रिया, जर्मन, स्विडेन र फ्रान्सका नागरिक थिए ।

पुस ३ गतेदेखि सुरु भएको स्की खेलमा गत आइतबार हिमाली क्षेत्रमा परेको हिमपातले खेलाडीमा थप उत्साह बढेको कार्यकारी निर्देशक श्रीसले बताए । विगत पाँच वर्षदेखि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा आलोपालो यो खेल सञ्चालन गर्दै आएको समेत उनले जानकारी दिए ।

Comments

comments