गोसाईंकुण्ड दर्शनका लागि आएका भक्तजनको उद्धार

240464779_1449728475381242_5094069655125801216_n

रसुवा,  रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाईंकुण्ड दर्शनका लागि आएर बिरामी परेका एक यात्रीकाे नेपाल प्रहरी तथा नेपाली सेनाकाे टोलीले भदौ ६ गते सकुशल भक्तजनको उद्धार गरेको छ ।

गोसाईंकुण्ड दर्शन गर्न जाने क्रममा अचानक लेक लागेर बिरामी भएका भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं ३ घर भएका अन्दाजी ४५ वर्षका कल्काकुमार कुटुको उद्धार गरिएको हो । उद्धार कार्यमा रसुवा प्रहरी टोलीका साथै नेपाली सेना र मेलामा गएका अन्य मानिसहरू समेतको सहयोगमा बिरामीको उद्वार गरिएको हो । उनकाे उद्धार गरी जिल्ला अस्पताल धुन्चेमा ल्याई सामान्य उपचार पश्चात् थप उपचारको लागि मिति भदौ ७ गते काठमाडौँतर्फ पठाइएको प्रहरीले जनाएकाे छ ।

त्यसैगरी गोसाईकुण्डबाट फर्कने क्रममा मिनि गोसाईकुण्डदेखि माथी (देउराली – मिनि गोसाईकुण्ड पैदल बाटो ) आईपुग्दा अचानक बाटोमा चिप्लिएर लडेपछि उत्तरगया ५ बस्ने बर्ष १९ को राजेश तामाङको देब्रे खुट्टामा चोट लागी घाईते भएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी टोली खटी गई घाईतेलाई उद्वार गरी जिल्ला अस्पताल  लगेकाे छ ।

Comments

comments