ग्रिल व्यवसायी संघको अध्यक्षमा अगस्ती निर्विरोध

cropped-lantang-logo-1.png

रसुवा, ग्रिल व्यवसायी संघको अध्यक्षमा योगेन्द्रप्रसाद (किरण)अगस्ती निर्विरोध चयन भएका छन् । रसुवाको सदरमुकाम धुन्चेमा शुक्रबार सञ्चालन भएको संघको भेलाले अगस्तीको अध्यक्षतामा  १३ सदस्सीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

व्यवसायमा एकरुपता ल्याउने ,व्यवसायमा अाउने कठिनाइ  न्युन गरी व्यवसायिहरु एकजुट भएर अाफ्नाे हक , अधिकार रक्षाका लागि एकजुट भएका हुन् ।  समितिको उपाध्यक्षमा रिसाङ तामाङ, सचिवमा रामबहादुर बिक, कोषाध्यक्षमा चित्रप्रसाद देवकोटा, सह सचिवमा सुब्बा तामाङ रहेका छन् । सदस्यहरूमा समशेर बिक, सन्तोष मगर, राजेश थापा, सम्भु राई, तुलसाकुमारी अगस्ती, अशोक पुडाशैनी, कर्मा तामाङ र राजेश श्रेष्ठ रहेका बताइएको छ ।

बिकट नाै कुण्डमा जन्मेका अगस्ती ०६१ सालदेखि धुन्चेमा रहेर जिल्लाभर व्यवसायिक सेवा  दिदै अाएका छन् ।

Comments

comments