घलेगाउँका छ घर जोखिममा

रसुवा, असार २४ गते । गएरातीको अबिरल वर्षाका कारण कालिका गाउँपालिका वडा नं ५ को घलेगाउँमा पहिरोका कारण छ घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छन् ।

कालिका गाउँपालिका ५ जिवजिवे बजार नजिकै घलेगाउँमा अबिरल वर्षसँग आएको पहिरोले जमिन भासिएपछि स्थानीय श्याम तामाङको पिंढीको घर पहिरोको कारण चर्किएको छ । नजिकैको सन्त, मुरली, नविन र गम्भीर तामाङका घर पनि जोखिममा परेकोले छ । उनीहरु सवै गम्भीरका छोराहरु हुन् । श्यामको घर परिवार भने सुरक्षित स्थानमा सारिएको कालिकास्थान प्रहरी चौकीले जनाएको छ । उनीहरुको घर नजिकै रहेको सन्तमान तामाङको घर पनि जोखिममा रहेको छ । घर पनि जोखिममा रहेको वडा अध्यक्ष रामहरी देवकोटाले बताउनुभयो ।

Comments

comments