घिमिरे युवा संघको केन्द्रिय सदस्यमा मनोनित

laxman ghimire

रसुवा । नेकपा एमाले रसुवाका युवा नेता लक्ष्मण घिमिरे युवा संघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको बैशाख ६, ७ र ८ गते बसेको केन्द्रीय समितिको पूर्ण बैठकले उनलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

केन्द्रिय सदस्यमा मनोनित घिमिरेले रसुवाको युवा आन्दोलनलाई नयाँ शिराबाट उठाउन आफुले पहलकदमी लिने बताए । निर्वाचनलाइ प्रभावित बनाउन युवाहरुलाई गलत ढंगले प्रयोग गर्नेहरुका विरुद्ध सशक्त प्रतिरोध गर्ने भन्दै उनले युवा शक्तिलाई राष्ट्र निर्माणमा लगाउनु पर्नेमा जोड दिए । युवाहरुलाई उपात्दनमा जोडाउने र उत्पादित बस्तुको बजारीकरणमा सहभागी गराउन आफुले पहलकदमी लिने उनको भनाइ छ ।

जिल्लामा रहेका जलविद्युत उत्पादन केन्द्रमा अनिवार्य यांहाका युवालाई रोजगारीको ग्यारेन्टी गर्न प्रभाकारी आन्दोलनको उठान गर्नेसमेत उनले जानकारी दिए । रसुवा उत्तरगया घर भएका घिमिरे लामो बिद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित भएका हुन् । अखिलको काठमाडौं भूगोल जिल्ला कमिटीको अध्यक्ष र २०६५ सालदेखि अखिलको केन्द्रिय सदस्यसमेत भइ काम गरेका घिमिरे बैचारिक नेताका रुपमा चिनिन्छन् । राजतन्त्र बिरोधि आन्दोलनमा पटक पटक गरि ३ महिना जेल बसेको ,अखिलको ‘गाउँ नगर विशेष प्राक’को अबधारणा ल्याइ नेतृत्वदाई भूमिका खेलेको अनुभब उनीसंग छ ।

राजनीतिमा पैसा खर्च गरेर रातारात नेता हुने तर, लामो योगदान गरेका र सिद्दान्तनिष्ठ नेता-कार्यकर्ताहरुलाई पाखा लगाउने प्रवृतिको आफुले खुलेर बिरोध गर्ने उनले बताए । आफुसंग बिद्यार्थी आन्दोलनको लामो अनुभब रहेकाले अहिले पाएको भूमिकामा पनि न्याय दिनसक्नेमा आफु विश्वस्त रहेको भन्दै उनले मुलुकको विकास र सम्वृद्धिको अभियानमा सहभागी बन्न आम युवाहरुलाई आग्रह गरे ।

Comments

comments