घुम्ती शिबिरमा सेवा लिनेको भीड्

Ghumti sibir

धुन्चे, रसुवा
घरदैलोमा नागरिकलाई सरकारी सेवा प्रदान गर्ने उद्देश्यले भोर्ले गाविसको स¥स्युँमा भएको घुम्ती सेवामा सेवा लिन आउनेको भीड लागेको थियो । सरकारी सेवा गाउँमै पाएकाले बृद्ध बृद्धाहरु खुशी देखिन्थे ।

तीन दिनको लागि निर्धारण गरिएको शिबिरमा स्थानीयको माग र सेवा लिन आउनेको चापलइ मध्य नजर गरेर एक दिन थप गरेर शिबिर सम्पन्न गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपक केसीले बताउनुभयो ।

यस अबधिमा नेपाली नागरिकता २ सय ३८, मतदात नामावली २ सय ६८ अपाङ्गता परिचय पत्र ९ , २ सय ३० जनाको स्वास्थ्य परिक्षण तथा औषधी उपचार , ७ सय जनालाई बिउ बितरण , ५ सय पशु स्वास्थ्य उपचार , मालपोत कार्यालयले एक जनाको जग्गा रजिष्ट्रेसन , ४ सय जनालाई भूकम्प पीडित आवास पुर्न निर्माण परामर्श , ५ सय जनालाई पानी निर्मलीकरण बिधि बारे सेवा प्रदान गरिएको थियो । जनसहभागीत ब्यापक भएको र सहज रुपमा नागरिकलाई सेवा प्रबाह गरिएको केसीले बताउनुभयो । सेवा लिनका लागी यार्सा, सरमथली, भोर्ले, धैबुङ्ग गाविसबाट सेवाग्राही आएका थिए ।

तस्वीर : शिबिरमा सेवा लिन आएका नागरिकलाई अपाङ्गता परिचयपत्र प्रदान गर्दै महिला बालबालिका कार्यालय प्रमुख अन्जु ढुङ्गाना

Comments

comments