घोर्मु प्राविको भवन निर्माण

रसुवा विद्यालय

रसुवा, विनाशकारी भूकम्पले पूर्ण क्षति भएकाे नाैकुण्ड गाउँपालिकाकाे घोर्मु प्राविको भवन निर्माण गरिएको छ ।

भूकम्प गएको चार वर्षसम्म अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन हुँदै आएको थियो ।

जिल्लाको नौकुण्ड गाउँपालिका–६ घोर्मुमा निर्माण गरिएको नवनिर्मित भवनको प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले आइतबार उद्घाटन गरेका हुन् । हाइ हिमालयन ट्रेकिङ एण्ड एक्सपिडिसन प्रालिले निर्माण गरेकाे ८ कोठे भवन निर्माण गरेको हो ।

कुल १ करोड रुपियाँको लागतमा भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले बताए । भवन निर्माण भएसँगै पठनपाठनमा सहज भएको छ । विद्यालयमा ६९ विद्यार्थी अध्ययनरत छन् ।

Comments

comments