चाउचाउ र बिष्कुटको सट्टामा अण्डा ,लिटो र जाउलो

रसुवा, २ भदौ

धैबुङ्ग गाविस ४ की जानुका खतिवडा आजकाल आफ्नो शिशुलाई अण्डा ,लिटो र जाउलो खुवाउन थालेकी छिन् । बच्चा लिटो र जाउलो खुवाउने खतिवडा यसअघि चाउ चाउ र विस्कुटलाई पोषिलो खानाको रुपमा लिंदै आएकी थिइन् ।

तयारी खाजाका रुपमा बजारमा किन्ने खानाको तुलनामा आफ्नै उत्पादनबाट बन्ने खाना बच्चाको लागि बढि पोषिलो हुने जानकारी पाएपछि उनले आफ्नो सन्तानलाई लिटो, जाउलो जस्ता खाना खुवाउन थालेकी हुन् ।
आजभोली सुनौलो हजार दिनका लाई लक्ष गरी सुआहारा कार्यक्रममार्फत बालबालिकालाई आबश्यक पोषणको विषयमा जानकारी पाएपछि उनी बच्चालाई खुवाउने खानामा चार प्रकारका तत्व मिसिएको छ की छैन भन्नेमा पनि सचेत हुन्छिन् ।
उनले आफ्नो बच्चाको खानामा हरेक बार खाना चार भन्ने सिद्धान्तलाई अंगिकार गर्दै अन्न, गेडागुडी, हरियो सागपात र पहेंलो फलफूल तथा पशुजन्य उत्पादन मिलाउने गरेका छन् ।

युएसएडको सहयोगमा रसुवामा सञ्चालित सुआहारा कार्यक्रमले बालबालिकाको पोषणको विषयमा जानकारी गराए पछि उनी आफ्नो सन्तानको खानामा ध्यान दिन थालेको स्थानीय महिलाहरु बताउँछिन् । बालबालिका बोल्ने नभएसम्म माछा, मासु, अण्डालगायतका खानेकुरा खुवाउन नहुने उनको मान्यता थियो । राडार तथा सुआहाराका सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयंसेविकाले दुई वर्षसम्म
८० प्रतिशत मस्तिष्कको विकास हुने भएकाले यो अवधीमा उनीहरुको खानामा ध्यान पुर्याउनुपर्ने जानकारी दिएपछि महिलाहरुले बच्चा , सुत्केरी तथा गर्भवतीलाई पोषण युक्त खानेकुरा खुवाउन थालेका हुन् ।

या्सा गाविसकी मेन्दो तामाङले बच्चालाई मासु, अण्डा जस्ता खानेकुरा पनि खुवाउन थालेकी छिन् । उनी मात्र हैन यस क्षेत्रका सबै महिला आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिन थालेका छन् । हतारमा जुन अबस्थामा भेटिन्छ त्यही अबस्थामा खाना बनाउने र खुवाउने गर्दै आएकी उनी साबुन पानीले हात नधोई खानेकुरा छुंदिनन् । कार्यक्रमले अण्डाको महत्व बेझेपनि कुखुरा पाल्न हुँदैन भन्नेहरु पनि कुखुरा पालनमा लागेका छन् ।

यरर्सा गाविसकी सम्झना तामाङ छ महिना नपुगेको आफ्नो बच्चालाई दुध मात्र खुवाउने गरेकी छिन् । अघिल्लो पटक दुई महिना नबित्दै भैंसीको दुध र लिटो खुवाएकी तामाङ यस पटक सुआहारा कार्यक्रम सञ्चालन भएपछि पाएको जानकारी उपयोग गरिरहेकी छिन् । उनले सुआराको पहलमा नियमित आमा समुहको वैठक बस्न थालेपछि पारिवारिक स्वास्थ्य र सरसफाइमा सचेत भएकी छिन् । जिल्ला स्वास्थउय कार्यालयसँगको समन्वयमा सुआहाराले पोषण, सरसफाई, पारिवारिक स्वास्थ्यलगायतका क्षेत्रमा काम गरिरहेको छ । पानी परीक्षण र खुला दिशामुक्त अभियानलाई पनि यसले सहयोग गर्दै आएको सुआहाराकी दिपा चिमोरियालेले बताइन् ।सुआहाराको सहयोगमा वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाले सुनौला हजार दिन ९ गर्भवती भएदेखि बच्चा दुई वर्ष नभएसम्मका आमाको पहिचान गर्छन् र उनीहरुलाई आबश्यक सल्लाह र सहयोग गर्छन’, अधिकारीले भनिन्, चेतना अभिवृद्धि गराएर स्वस्थ्य समाज निर्माणमा सुआहारा क्रियाशील छ ।’

सुआहारा किार्यक्रम जिल्ला संयोजक मनोज मिश्रका अनुसार जिल्लाका अठार गाविसमा लागु भएको कार्यक्रमबाट अत्यावश्यक पोषण कार्य र सरसफाई कार्य र सामाजिक ब्यबहार परिवर्तनका लागि संचार सम्बन्धि ६ दिने १८ गाविसका स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मी, पशु, कृषि, शिक्षा, खानेपानी, महिला विकास, जिविसलाई पनि प्रदान गरिएको छ । तालिम गाउँघरमा महिला स्वास्थ्य स्वयमसेविका र स्वस्थ्य आमा समूहसम्म पगे पछि सुहारा समुदायमा केही परिवर्तन गर्न थालेको छ । हालसम्म ४ हजार ३ सय ४३ जना आमाहरुले त्यस प्रकारको तालिम लिए । जसमध्ये २ हजार २ सय ४ जना सुनौलो हजार दिनका आमाहरु छन् ।

कार्यक्रमले जिल्लाभरका १८ गाविस मध्ये थुमन र चिलिमे गाविसमा बाहेक सवै गाविसमा कुखुरा वितरण गरेको छ । १ हजार ९ सय ३७ जनालाई कुखुरा बिरण मात्र होईन उनीहरुलाई तरकारीका बिउबिजनहरु पनि बितरण गरेको छ । तरकारी तथा १४  गाविसमा हेलेन सखरखण्डको बिउ बितरण भएको छ ।

मुख्य गरी भर्गवती, सुत्केरीको स्वास्थ्य र २ वर्षमुनिका बच्चाहरुका लागि स्थानीय उत्पादनबाट पोषिला परिकारहरु बनाएर खुवाउने तरिका बारे प्रयोगात्मक अभ्यास गराउने पानी शुद्धिकरण, , हातधुने तरिकादेखि कुन परिकाका खाना कसरी पकाउने , फर्सीको खिर, पोषिलो जाउलो जस्ता धेरै खानाका परिकारहरु, हरेक बार खाना चार जस्ता कार्यले सुनौलो हजार दिनका लक्षित वर्गको पोषण अवस्था सुधार आएको मिश्रले बताए ।

Comments

comments