चार सय दीर्घरोगीका लागि निःशुल्क औषधि वितरण गरिदै

रसुवा, गोसाइँकुण्ड गाउँपालिकाले चार सय दीर्घरोगीका लागि निःशुल्क औषधि वितरण गर्न लागेकाे छ । पहिलो चरणमा दीर्घरोगीको तथ्यांक संकलन गरेको गाउँपालिकाले औषधि खरिदलाई अघि बढाएको छ ।

गाउँपालिकाभित्र चार सय दीर्घरोगी रहेको तथ्यांक छ । उनीहरूका लागि पाँच सय प्रकारका औषधि खरिद गर्नुपर्छ । लकडाउनको समयमा दीर्घरोगीलाई औषधि खरिदमा समस्या हुने र औषधि नपाउनेलगायतका समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले घरघरमै औषधि पुर्‍याउनका खरिद गर्न  लागेकाे स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताउँनुभयाे ।

दीर्घरोगीको तथ्याङ्क संकलन गरेर औषधि खरिदका लागि पठाएकाे गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयाे । गाउँपालिकाभित्र रहेका नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीलाई निःशुल्क रूपमा औषधि घरघरमै पुर्‍याइने छ । मुटु रोगी, किड्नीको समस्या, दम, उच्च रक्तचाप, मधुमेह तथा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिलाई केही दिनभित्रै औषधि पुर्‍याइने छ ।

Comments

comments