चालीस जना मजदुरलाई राहत बितरण

IMG_7060

सुष्मा न्यौपाने
कालिकास्थान रसुवा
जनताको पीडामा ट्रेड युनियन भन्ने नाराका साथ भूकम्प पीडितलाई राहत बितरण कार्यक्रम अन्तर्गत नेपाल टे«ड युनियन महासंघ जिफन्टले ४० जना मजदुरहरुलाई ५ हजारका दरले राहत बितरण गरेको छ ।

नेकपा एमाले निकटको मजदुर संगठन जिफन्टको आयोजनामा भूमिघर कालिकास्थानमा भएको कार्यक्रममा एमाले जिल्ला नेता तथाजिफन्ट ईन्चार्ज शिब लामिछानेद्धारा सञ्चालित कार्यक्रम व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लहरेपौवाका १४, भोर्लेका १४ र धैबुङ्गका १२ जना मजदुरहरूलाई जनही ५ हजारका दरले राहत बितरण गरिएको थियो । कार्यक्रममा व्यवस्थापिका संसदका सदस्य तथा रसुवाका सांसद जनार्दन ढकालले विनाशकारी भूकम्पमा तत्काल पनि केही राहत सामाग्री जिफन्टले पठाएकोमा धन्यवाद दिंदै अहिले पनि केही विपन्न वर्गका मजदुरहरूलाई राहत वितरण गरिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले अञ्चल कमिटी का नेता अशोक घिमिरे ,जिल्ला कमिटी सचिव विष्णु देवकोटा, जिफन्टका बाग्मती अञ्चल कमिटी अध्यक्ष रामहरि नेपाल, लेखा समितिका देवेन्द्र चौलागाई , एमालेका जिल्ला नेता, जनवर्गीय संगठनका प्रमुखहरु सहभागी थिए ।

 

Comments

comments