चीन जान लागेका २९ किशोरीहरु फिर्ता

paramarsa

रसुवा, साउन ४ गते । रसुवागढी नाकाबाट केरुङ जान लगेका २९ जना किशोरीलाई माइती नेपालले नाकाबाटै घर फर्काएको जनाएको छ । टिमुरेमा सहायता कक्ष खोलेको दश महिनाको अवधिमा संस्थाले वेचविखनको जोखिमलाई मध्येनजर गर्दै २९ जना किशोरीलाई घर फिर्ता गरेको हो ।

१९ वर्षिया एक युवतीलाई ललाई फकाई नक्कली नागरिकता समेत बनाएर बेचबिखनको उद्देश्यले लैजान लागेको आरोपमा कास्की जिल्ला लेखनाथ नगरपालिका का २४ वर्षिय सुरज दर्जी, पोखरा उपमहानगर पालिका ६ का २४ वर्षिय समर परियार , शिन्धुपाल्चोक घर भई केरुङमा डान्सबार सञ्चालन गर्ने २७ वर्षिय ग्याल्जेन तामाङलाई माईती नेपालको सहयोगमा गते गिरफ्तार गरेको छ ।

अबैध क्रियाकलापमा संलग्न भएको सूचनाका आधारमा माईती नेपाल र चिनियाँ प्रहरीको समेत सहयोगमा पक्राउ गरिएको हो । केरुङमा एक युवतीलाई लगेर डान्स बार तथा यौन धन्दामा समेत लगाएको प्रहरी नायव उपरिक्षक सन्तोष तामाङले बताउनुभयो । नागरिकता बनाउन स्याफ्रुको होटलमा राखेर यौनशोषण गरेको केरुङमा पनि जबरजस्ती यौन शोषण गरेको खुलासा भएको प्रहरीले जनाएको छ । तीनजनालाई प्रहरीले पक्राउ गरेको संलग्न अन्यको खोजीकार्य भईरहेको जनाएको छ ।

घटनामा संलग्नहरुलाई मानव बेचबिखन तथा जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुशन्धान थालिएको छ । पछिल्लो समय मानव बेचबिखनको चिनतर्फ हुन थालेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

गत २०१७ सेप्टेम्बरदेखि हालसम्म उनीहरुरू २९ जनालाई लाई घर फिर्ता गरेको हो भने बिभिन्न किसिमका किसिमका किशोरीहरु ९ सय ५५ जनालाई सहायता कक्षबाट परामर्श माईती नेपाल टिमुरे हेल्प डेक्सकी अम्बिका श्रेष्ठले बताउनुभयो । जोखीमपुर्ण तरिकाले अभिभावक बिना केरुङ जान लागेका किशोरीलाई घर फिर्ता गरेको हो परामर्श पछि उनीहरु घर फर्केको श्रेष्ठले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार रसुवालगायत छिमेकी जिल्लाहरू नुवाकोट, धादिङ, सिन्धुपाल्चोक लगायतका देशका बिभिन्न क्षेत्रबाट कामका लागि केरूङ पुगेका छन् । चीन प्रवेश गर्नका लागि रसुवाबासीलाई पास उपलब्ध गराउने भएकाले बढ्दो जोखिम न्यूनीकरणका लागि माइती नेपालको समन्वयमा काम भइरहेको र जनचेतना फैलाउने, परामर्श गर्ने र अभिभावकबिना पुगेकालाई फर्काउने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको यार्सा, राम्चे, सरमथली, हाकु, थुमन डाँडागाँउलगायतका क्षेत्रका किशोरी केरूङको होटलमा कार्यरत छन् । जिल्लावासीलाई चीन प्रवेशका लागि सहज वातावरण भएकाले पनि जाने क्रम बढ्दो छ । मानव वेचविखनको न्यूनीकरणको लागि माइती नेपालले रसुवागढी नाकामा हेल्प डेक्स स्थापना गरेर परामर्श दिँदै आएको छ । ‘नाका सुचारु भएपछि केरुङमा काम गर्न जानेको संख्या बढ्दै गएको छ, माईती नेपालकी अम्बिका श्रेष्ठले भन्नुभयो , हामीले फिर्ता गरेका किशोरी पछि अभिभावक लिएर जाने गरेका छन् । ’रसुवागढी नाका सञ्चालनमा आएसँगै रसुवाबाट चीनको व्यापारिक शहर केरूङमा रोजगारीका लागि जाने नेपाली किशोरीको संख्या बढेको छ ।

केरूङ जानका लागि खर्च कम लाग्ने र पासर्पोट वनाउने झण्झट बेर्होन नपर्दा उनीहरू खाडीका देशहरू र मलेसियाको साटो केरूङतिर आकर्षित हुन थालेका जान थालेका छन् । केरूङमा सञ्चालित होटलमा काम गर्नका लागि रसुवालगायत छिमेकी जिल्लाबाट समेत जाने गरेका छन् । होटलमा काम गर्ने युवतीहरूले त्यहा १५ हजारदेखि २५ हजारसम्म मासिक पारिश्रमिक पाउने गरेका केरूङमा कार्यरत एक महिलाले बताउनुभयो । उहाँका अनुसार नेपाली तथा चिनियाँ होटलमा न्यूनतम तीन जनादेखि सात जनासम्म नेपाली किशोरीले काम गरिरहेका छन् । डान्सबार तथा होटलमा काम गर्ने नाममा जिल्लाबाट चीनतर्फ रोजगारीको लागि जाने किशोरीको संख्या बढेको छ । जाेखीमयुक्त तवरले केरूङ जान लागेका युवतीहरुलाइ परामर्श दिएर  फर्काउने गरेकाे माइती नेपाल धुन्चेका लालुमाया घलेले बताउनुभयाे  ।

Comments

comments