चिलिमेको २७ प्रतिशत लाभांस प्रस्ताव, बोनस सेयर १५ प्रतिशत दिने

ChilimeChilime

रसुवामा विद्युत उत्पादन भईरहेको चिलिमे जलविद्युत् कम्पनीले २७ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । कम्पनीले १२ प्रतिशत नगद लाभांस र १५ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको हो ।

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट लाभांस प्रस्ताव गरेको हो । कम्पनीको लाभांस बार्षिक साधारणसभाले पारित गरेपछि  लगानीकर्ताले पाउने छन् । कम्पनीले गत बर्ष ८४ करोड ४५ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको चुक्ता पुँजी दुई अर्ब ७२ करोड रुपैयाँ छ । कम्पनीले साधारणसभाको मिति भने टुङ्गो गरिसकेको छैन ।

कम्पनीले एक सय रुपैयाँ दरका ४० करोड ८० लाखको सेयर र ३२ करोड ६४ लाख रुपैयाँ नगद वाँड्न लागेको हो । चारवर्ष अघि कम्पनीले जिल्लाबासीलाई सेयर निस्काशन गरेको थियो ।

Comments

comments