चिलिमे जलविद्युत कम्पनीले कमायाे ७४ करोड ८० लाख नाफा

ChilimeChilime

रसुवामा विद्युत उत्पादन गरिरहेकाे चिलिमे जलविद्युत कम्पनीले गत आवमा ७४ करोड ८० लाख नाफा कमाएको छ ।  नेपाली पौरखद्वरा निर्मित चिलिमेले गतवर्ष भन्दा बढि नाफा कमाएकाे छ ।

यो अघिल्लो आर्थिक वर्षको अन्तिमसम्म कम्पनीले ७४ करोड ६२ लाख रुपैयाँ कमाएको सोही अवधिको तुलनामा गत आवमा कम्पनिले १८ लाख ५१ हजार रुपैयाँ बढि कमाएको हो । त्यस्तै कम्पनिको समीक्षा अवधिमा वित्तीय आम्दानी ३ करोड २२ लाख रुपैयाँ बढेर १५ करोड २५ लाख रुपैयाँ पुगेको छ भने अन्य आम्दानी ३ लाख ८८ हजार रुपैयाँ बढेर ६० लाख ४८ हजार पुगेको छ। ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीको जगेडा कोषमा ४ अर्ब २९ करोड ६२ लाख रुपैयाँ जम्मा रहेको छ । गत आवमा कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

जलविद्युत आयोजना निर्माणमा सफल बन्दै आएको चिलिमे जलविद्युत कम्पनीले ८ सय ५५ मेगावाटका ६ आयोजना निर्माण अघि बढाएको छ । तीमध्ये ४ आयोजना निर्माणाधीन छन् भने २ वटाको अध्ययन सुरु भएको छ ।

कम्पनीका तीन सहायक कम्पनीले चार जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । कुल १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाट क्षमताको तल्लो साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेन र १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती मध्ये साञ्जेन र रसुवागढी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

२० मेगावाट क्षमताकाे चिलिमे जलविद्युत उत्पादन पछि चिलिमे कम्पनीले रसुवागढी, सान्जेन, अपर सान्जेन सञ्चालित अायाेजना हुन् भने  माथिल्लो-भोटेकोशी जलविद्युत शिन्धुपाल्चाेकमा निर्माणाधीन अायाेजना रहेकाे छ ।

Comments

comments