चीनकाे अनुदानमा कोरोना विरुद्धको खोप नेपाल आइपुग्याे

Rapid-Corona-Test

चीनले अनुदानस्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप कोभ्याक्सको ८ लाख मात्रा काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत हौ यान छिले उक्त खोप स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन् । चीनले नेपालका लागि दिएको भेरो सेल नामकाे खाेप सिनोभ्याक बायोटेक लिमिटेडले उत्पादन गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न खोप हस्तान्तरण कार्यक्रममा मन्त्री त्रिपाठीले चिनियाँ अनुदानबाट प्राप्त खोपले महामारी विरुद्धको लडाइँमा थप सहयोग पुग्ने बताए । मित्र बदल्न सक्छौँ, छिमेकी बदल्न सक्दैनौँ भन्दै मन्त्री त्रिपाठीले मित्रराष्ट्र चीनले देखाएको सदासयताको लागि धन्यवाद दिँदै त्यसलाई नेपाल चीन मित्रताको उदाहरण भएको उल्लेख गरेका छन् ।

Comments

comments