चीनले अनुदानमा दिएको ईन्धन थानकोट

धुन्चे, रसुवा
चीनले अनुदानको रुपमा नेपाललाई प्रदान गरेको १ हजार मेट्रिक टन तेल नेपाल आउन सुरु भएको छ । १२ कन्टेनर ईन्धन सोमबार रसुवागढी नाकाबाट भित्रिएको छ । व्यापारीक समझदारी पत्रमा हस्ताक्षर भएको छ । ब्यापारिक संझौता गरि खरिद गर्ने काम सुरु हुने जनाईएको छ ।

चीनलेअनुदानमा नेपाललाई दिएको पेट्रोलको पहिलो लट काठमाडौं भित्रिएको छ। नेपाल आयल निगमले १२ वटा ट्यांकरमा ९७ हजार नौ सय लिटर पेट्रोल सोमबार साँझ काठमाडौं ल्याइपुर्याइएको हो।
यी ट्यांकर शुक्रबार बिहान काठमाडौंको थानकोटबाट धादिङको गल्छी हुँदै रसुवाबाट तिब्बतको केरुङ पठाइएको थियो। ल्हासाबाट केरुङसम्म चीनले नै तेल ढुवानी गरेर नेपाली ट्यांकरमा भरिदिएको हो। पटकरपटक गरी आइतबार बेलुकासम्म १२ वटै ट्यांकर रसुवागढी भन्सारबाट नेपाल छिरेका छन्।

चीनले कुल १ हजार टन तेल दिन लागेको छ । यसमध्ये सोमबार ७३ टन तेल काठमाडौं आइपुगेको हो। काठमाडौं आइपुगेको तेल सोमबार थानकोटस्थित निगमको डिपोमा केरुङबाट आएकै ट्यांकरमा राखिने र मंगलबार बिहानमात्रै खन्याइने छ। निगमले थप २६ वटा ट्यांकर केरुङ पठाइसकेको छ। यसमध्ये २२ वटा सोमबार र चारवटा आइतबार केरुङ गएका छन् । दुईदेश बीच ब्यापार संझौता गरेर ईन्धन चीनबाट ल्याउनु पर्ने रसुवाका ब्यापारीहरु बताउछन् ।

Comments

comments