चीनले अनुदानमा दिएको तेल लिन ट्याङकर अाए

IMG_6443

IMG_6443चीनबाट इन्धन ल्याउन नेपाल आयल निगम र चाइना नेशनल युनाइटेड आयल कर्पोरेशनबीच सम्झौता भएपछि आज राजधानीबाट ट्याङकर रसुवाबाट नेपाल चीन सिमानाको टिमुरेतर्फ लागेको छ ।

भारतको अघोषित नाकाबन्दीको प्रभावले आक्रान्त नेपालका लागि चीनबाट व्यापारिक रुपमा इन्धन ल्याउने प्रक्रिया अगाडि बढाउन बेइजिङमा सम्झौता भएको थियो । नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन पेट्रो–चाइनाबीच बुधबार दिउँसो सम्झौता भएको थियो ।

नेपाललाई आवश्यक इन्धन चीनबाट ल्याउने व्यावस्था मिलाउन बेइजिङ गएको नेपाली प्रतिनिधिमण्डलले चीनको विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र पेट्रो चाइनाका अधिकारीहरूसँग मंगलबार र बुधबार छलफल गरेपछि सम्झौता भएको हो ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले हस्ताक्षर गरेको सम्झौता पत्रमा ‘चीन बाट नेपालमा पेट्रोल, डिजल र अन्य पेट्रोलियम पद्धार्थ आयात गर्ने’ उल्लेख छ ।
शुक्रबार रसुवातर्फ ट्याङकर प्रबेश गरेपछि स्थानीयवासी तेल आउने आशाले खुशी भएका छन् । अनुदानमा चीन सरकाले उपलब्ध गराउन लागेको ईन्धन भोलिसम्म नेपाल भित्रिने सम्भावना देखिएको छ ।

Comments

comments