चीन प्रतिको नीतिमा परिवर्तन नगरेको भारतका विदेशमन्त्री

चीन र भारतबीचको सीमामा देखिएको तनावपूर्ण स्थितिका बाबजुद भारतले चीन प्रतिको नीतिमा परिवर्तन नगरेको भारतका विदेशमन्त्री एस जयशंकरले जनाएका छन ।

दुबै देशले सीमा देखिएको तनाव कम गर्न आवश्यक पहल गर्ने र सम्बन्धलाई थप सुदृढ गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुन सक्ने अपेक्षा चिनियाँ पक्षको रहेको छ । भारतीय विदेशमन्त्री जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यी बीच मस्कोमा दुई देशबीचको सम्बन्ध सुधार गर्ने विषयमा छलफल भएको हो ।

सोही क्रममा विदेशमन्त्री जयशंकरले चीनप्रतिको भारतीय नीतिमा कुनै परिवर्तन नभएको स्पस्ट पारेका थिए । दुई देशबीच असहमति रहेको र छिमेकी भएका नाताले यो स्वाभाविक भएको दुबै मन्त्रीले बताएका थिए । चीनको विदेशमन्त्रालयको हवाला दिँदै समाचार एजेन्सी एएनआइले भनेको छ “ चिनियाँ विदेश मन्त्री वाङले चीन र भारतको सम्बन्ध एक पटक फेरि दोबाटोमा उभिएको छ तर दुबै पक्ष आफ्ना सम्बन्धहरूलाई सही दिशामा बढाउँदै जानेछन्  त्यतिबेलासम्म कुनै परेशानी हुनेछैन र यस्तो कुनै पनि चुनौती हुँदैन जसको हल गर्न सकिदैन ।” दुई मन्त्रीबीच दुई देशबीच थप विवाद चर्किन नदिन सहमति बनेको हाे । यसले सम्बन्ध थप सुधार हुने न हुने भविष्यले देखाउने बिज्ञहरू बताउछन् ।

Comments

comments