चुनावको चर्चा रसुवामा क्रियाशिल राजनीतिक दल आन्तरिक छलफलमा

रसुवा, चैत १
स्थानीय तहको चुनाव नजिकिदै गर्दा जिल्लामा क्रियाशिल राजनीतिक दल आन्तरिक छलफलमा जुटेका छन् ।
०७४ वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि रसुवाका राजनीतिक दल आन्तरिक छलफलमा जुटेका हुन् । चुनावको विषयमा पार्टीमा आन्तरिक छलफल गर्न तथा गाँउवस्तीमा चुनावको माहोल बढाउनका लागि काठमाडौंमा वसोवास गरिरहेका जिल्ला स्तरका नेता तथा कार्यकर्ता जिल्ला फर्किएका छन् ।
दलका नेता कार्यकर्ताहरु यति बेला निर्वाचनको चर्चामा छन् । चोक चोकमा अहिले को उम्मेदवार हुने र कसले कुन गाउँ पालिकामा जित्ने भन्ने चर्चा हुने गरेको छ । अहिले नेपाली काँग्रेसलाई पनि जिल्लामा निर्वाचनको सरगर्मी लागेको छ । कालिकास्थान र धुन्चेमा कार्यक्रम सकेर काँग्रेस कार्यकर्ताहरु गाउँ पसेर अब निर्वाचन तयारीमा जुट्ने योजना बनाउँदै छन् भने नेकपा माओवादी केन्द्रल् पनि निर्वाचनका लागि आफ्ना कार्यकर्ता परिचालन गरेको छ । नयाँ शक्ति नेपालले पनि आफ्नो गतिबिधी बढाएको छ भने नेकपा एमालेले मेचीकाली अभियानबाट जिल्ला तहमा पनि कार्यकर्तालाई निर्वाचनको तयारीमा जट्न आग्रह गरेको छ ।
चुनावमा भाग लिनका लागि दर्ता भएका नौ वटा दल आन्तरिक छलफलमा व्यस्त छन् । विशेषगरी, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस र नँया शक्ति पार्टी नेपाल पनि आन्तरिक छलफल सकाएर गाउँमा अभियान लिएर जाने तयारीमा छन् ।
काठमाडौं तथा अन्य क्षेत्रमा वसोवास गरिरहेका नेता तथा कार्यकर्ता जिल्ला फर्किएर सदरमुकाम, स्याफ्रु, कालिकास्थान , बेत्रावती वजार केन्द्र तथा गाउँका चिया पसल र चौतारीमा बसेर पार्टी र निर्वाचनको जुटेका नेकपा एमाले रसुवाका अध्यक्ष कर्णेल लामाले बताउँनुभयो । यस निर्वाचनमा रसुवाका कुल २७ हजार ५ सय ४३ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन अधिकृत नविन खालिङले बताउनुभयो ।

Comments

comments