व्यवसायीक च्याउ खेती बारे प्रशिक्षण

109792824_308779690163506_2778301972919459964_n

बागमति प्रदेश सरकार कृषि विकास निर्देशनालय र नुवाकाेट कृषि ज्ञान केन्द्रकाे सहयाेगमा ५ दिने  व्यवसायीक सिताके च्याउ खेती बारे प्रशिक्षण कालिका गाउँपालिका २ कालिकास्थानमा सम्पन्र भयाे । 109357384_277620430227086_1800214767654470489_n

हाेटल गाेसाँइकुण्ड एग्राे टुरिजम प्रालिका अध्यक्ष सरस्वती आचार्यको अध्यक्षतामा ०७७ असार १६ देखि २० गतेसम्म भएकाे तालिममा  व्यवसायीक सिताके च्याउ खेती बारे कालिका गाउँपालिका ५ का प्रशिक्षक रवि घलेले १५  जना सहभागीहरूलाइ प्रयाेगात्मक अभ्यास सहित तालिम दिनुभयाे ।

तालिममा सिकेकाे सीप व्यवहारमा उतारेर जिवीकामा सहजता ल्याउने सहभागीहरूले बताएका छन् । तालिमकाे सुभारम्भमा कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी अधिकारी प्रमुख अतिथिकाे रूपमा सहभागी हुनुभएकाे थियाे भने सहभागीहरूले काठमा मुढामा प्रयाेगात्मक बिधीबाट समेत सिताके च्याउ खेती बारे अभ्यास गरेकाे हाेटल गाेसाँइकुण्ड एग्राे टुरिजम प्रालिका अध्यक्ष सरस्वती आचार्यले बताउनुभयाे ।

109201871_2023185017818932_1447645543485844426_n

Comments

comments