विद्यालय छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना

UTT 4

रसुवा , डेभलपमेन्ट फर पिसको सहयोग विनोद लामिछाने र शेखर खरेलको समन्वयमा स्व ईरा आचार्यको स्मृतिमा दुई लाख रूपियाँको नव विजयी ईरा आचार्य छात्रवृत्तिका लागि अक्षयकोष स्थापना भयो ।

काेषकाे रकमको ब्याजबाट हरेक वर्ष विद्यालयमा अध्ययनरत गरिव तथा जेहन्दार छात्र छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने जनाइएकाे छ । उक्त कोष संचालनका लागि कार्यविधि पनि भएकाे छ । कोष स्थापना गर्न सहयोग पुर्याउनु हुने बैकुण्ठ आचार्यलगायत सबैमा विद्यालय परिवार धन्यवाद दिइएकाे थियाे ।

स्वर्गीय ईरा आचार्यको स्मृतीमा, उनका श्रीमान वैकुन्ठ आचार्यको पहलमा स्थापित ईरा आचार्य छात्रवृती भगवती उच्च मावि काभ्रे ,सत्लिङ्गेश्वर मावि रामेछाप, रामचन्द्र प्रावि वेत्रावतीमा पनि स्थापना गरिएको छ । स्वर्गीय  आचार्य अमेरीकाको टेक्ससमा बस्दै अाएकाेमा क्यान्सरकाे कारण मृत्युभएकाे थियाे । समासेवी ईरा आचार्य डेपलोमेन्ट फर पिस इन्टरनेशनल संस्थाको कार्यकारी निर्देशक थिए । अक्षय काेषका लागि भगवती माविमा ५ लाख रूपियाँकाे अक्षय काेष स्थापना भएकाे हाे ।

त्यस्तै रामेछाप सत्लिङ्गेश्वर माविमा दुई लाख ,नव विजयी महेन्द्र मावि भलायडाडामा दुई लाख र रामचन्द्र प्रावि वेत्रावती १ लाख रूपियाँकाे काेष स्थापना गरिएको छ । महेन्द्र नव विजयी महेन्द्र मावि भलायडाडामा ०७७ चैत्र १७ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष केशरबहादुर बुलुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । डिइपी इन्टरनेशलन शिक्षा कार्यक्रम निर्देशक विनोद लामिछाने, नेपाल प्रतिनिधी  शेखर खरेललेले छात्रवृती स्थापनाको उद्धेश्य माथी प्रकाश पर्नुभएको थियो ।

Comments

comments