जलवायु परिवर्तन बारे २ दिने तालिम

242765106_889838835242615_8581971099131211411_n

रसुवा, कालिका गाउँपालिका – २ भूमिघर तालिम केन्द्रमा  फरेष्ट एक्सनकाे आयोजनामा २ दिने जलवायु परिवर्तन बारे तालिम ०७८ असाेज ४ र ५ गते सम्पन्न भयाे ।

बिभिन्न सराेकारवालाहरूकाे सहभागीतामा भएकाे कार्यक्रममा  फरेष्ट एक्सनका सहजकर्रता नयाँ शर्मा , कमल भण्डारी र कालिका गाउँपालिकाबाट अधिकृत लीलानाथ नेपालले सहजिकरण गर्नुभयाे । 242765106_889838835242615_8581971099131211411_n

कार्यक्रममा जलवायु परिवर्तनकाे कारण , जलवायु परिवर्तन सम्बन्धि अन्तर्राष्ट्रिय प्रयास र संयन्त्र, नेपालकाे प्रयास तथा नीतिगत व्यवस्था , जलवायु परिवर्रतन न्याय र समावेशीकरण तथा याेजना विकास स्थानीय तहकाे बजेट, कार्यक्रम तर्जुमा र कार्यन्वयन विषयमा सहिजकरण गरिएकाे थियाे । कार्यक्रमकाे समापनमा ५ नं वडा अध्यक्ष रामहरि देवकाेटा,  कालिका गाउँपालिका उपाध्यक्ष भवानी न्याैपानेले आफ्नो धारणा राख्नुभयो । फरेष्ट एक्सनले कालिका गाउँपालिका वडा नं ३ धारापानीमा एक अध्ययन गरिरहेकाे समेत जानकारी दिइएकाे थियाे । 242847329_352092416551467_1170542214361200663_n

Comments

comments