जल तथा मौसम विभागमा भिडियो कक्षा सम्पन्न 

काठमाडौं, वैशाख ९ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन (चाइनिज एकेडेमी अफ साइन्सेस) को सहयोगमा ओहाइयो विश्वविद्यालका प्राध्यापक लोनी जी.थोम्सनसँग गत पुसदेखि सञ्चालन गरिएको पेलियोक्लाइमेट सम्वन्धी भिडियो कक्षाको समापन गरेको छ । नेपाल, चीन र अमेरिकामा एकैपटक सञ्चालन गरिएको उक्त भिडियो कक्षामा नेपालको तर्फवाट २९ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

भिडियो कक्षा समापन कार्यक्रममा विद्यार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नुहुदै त्रिविका शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले अन्तर्राष्ट्रिय पठनपाठनलाई भिडियो प्रविधि मार्फत विश्वविद्यालयमा भित्राएकोमा जलतथा मौसम विज्ञान केन्द्रीय विभाग तथा काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेसन (चाइनिज ऐकेडेमी अफ साइन्सेसलाई हार्दिक धन्यवाद व्यक्त गर्दै अन्य विभागहरुले पनि यसप्रकारको कक्षा सञ्चालन गर्नसक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागिय प्रमुख डा. दिपक अर्यालले कक्षा सञ्चालनमा काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन (चाइनिज ऐकेडेमी अफ साइन्सेस)ले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो । यसैगरी काठमाडौ सेन्टर फर रिसर्च एण्ड एजुकेशनका उपनिर्देशक डा.स्याओ वोले भिडियो प्रविधिको माध्यामवाट नेपाली विद्यार्थीले विदेशी प्राध्यापकसँग ज्ञान आदान प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । जलतथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्राध्याक डा.विनोद दवाडीले काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन निर्देशक प्रा.डा.यावो थेन्दोङ र वाङ थाओको सक्रियतामा नेपाली विद्यार्थीहरुलाई चिन र अमेरिकाका विद्यार्थीहरुसँगै राखेर अध्ययन अध्यापन गराइ अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन भिडियो प्रविधिको माध्यामवाट कक्षा सञ्चालन आरम्भ गरिएको बताउनुभएको थियो ।

Comments

comments