जवरजस्ती करणको आरोपी पुर्पक्षका लागि थुनामा

रसुवा, पुस १६ गते । बिदेशी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मंसिर २८ गते पक्राउ परेका कालिका गाउँपालिका २ कालिकास्थानका २९ बर्षिय सुनिल पौडेललाई पुर्पक्षका लागि थुनामा पठाएकाे छ ।

बुधबार जिल्ला अदालत रसुवाका श्रेष्ठेदार सदन अधिकारीको इजलासले २९ बर्षिय पौडेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । बिदेशी बालिका पीडित माथि जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरी, किटानी जाहेरीलाई समर्थन हुने गरी पीडितले अनुसन्धानमा गरेको कागज, कागज गर्ने व्यक्तिहरुको कथन, घटनास्थल प्रकृतिको मुचुल्कालगायतका प्रमाणलाई आधार मानी पीडितको उमेर र वादी नेपाल सरकारको माग दाबि समेतलाई दुष्टिगत गरी प्रतिबादी पौडेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालत रसुवाका श्रेष्ठेदार सदन अधिकारीले बताउनुभयो ।

जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको समेत अधिकारीले बताए । मुद्धामा सरकारको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिबक्ता बाबुराम भट्टराई र प्रतिबादीकोतर्फबाट अधिबक्ता फुर्पा तामाङले बहस गर्नुभएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को खण्ड ख अनुसार जबरजस्ती करणी गरेमा (पीडित १० वर्ष देखि १४ बर्ष उमेर समुहको भएमा) १८ वर्षदेखि २० बर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

Comments

comments