जवरजस्ती करणीमा ३ आरोपी गिरफ्तार

cropped-lantang-logo-1.png

रसुवा, पुस ८ गते । १६ वर्षीया एक युवतीलाई ०७५ पुस ७ गते साँझ ८ः३० बजेको समयमा जवरजस्ती करणी गरेको आरोपमा ३ युवकलाई ०७५ पुस ८ गते प्रहरीले टिमुरेबाट गिरफ्तार गरेको छ ।
नुवाकोटको बेल्कोटगढी नपा ६ का १९ वर्षीय दिपक खतिवडा, बिदुर नपा ४ का २५ वर्षीय संजीवकुमार गुप्ता र बिदुर नपा ४ का २२ वर्षीय रामकुमार श्रेष्ठ लाई प्रहरीले गिरफ्तार गरेको हो । धुन्चेबाट टिमुरेतर्फ जाँदै गरेको बा ४ ख ४३२ नम्बरको आईचरमा चढेकी युवतीलाई याङ्याङ् खाेला नजिकै बीच बाटोमा गाडी रोकेर साँझ ८: ३० बजेतिर जवरजस्ती करणी गरेको आरोपमा तीनजना बिरुद्ध पीडितका बाबुले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । घटनाका आरोपीलाई पक्राउ गरी अनुशन्धान भईरहेको र पीडितको स्वास्थ्य परीक्षण भएको र अनुशन्धान प्रतिवेदन आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रञ्जन अवाले बताउनुभयो ।

Comments

comments