जारी प्रथा अन्त्य कहिले हुने 

cropped-lantang-logo-1.png

सरस्वती न्याैपाने

आमाछोदिङमो गाउँपालिका भित्र रहेको हाकुवेशी, ठुलोहाकु सानोहाकु, नेसिङ, गत्लाङ गोल्जुङ लगायतका ठाउँहरुमा पुर्खादेखि नै गढेको जारी प्रथा अन्त्य कहिले हुने निधो हुन सकेको छैन ।

उल्लेखित ठाउँहरुमा बेलैमा विवाह गर्छन । यहाँका व्यक्तिहरू बाहिर विवाह गर्न पाउदैन । आफ्नै गाउँ र वडाहरुमा मात्रै विवाह गर्ने गर्छन । बरु गाउँमा नै दोस्रो विवाह गर्न तयार हुन्छन् । त्यसको लागि रु १० देखि १२ लाखसम्म जारी तिर्न तप्पर हुन्छन् ।

यस्तो प्रथाका अन्त्यको लागि वडा अध्यक्ष निमा दिण्डुप तामाङले सामाजिक जागरण अत्यधिक बढाएको बताए ।  यस किसिमको नियति गत्लाङ र गोल्जुङमा पनि निरन्तर रहेको छ । हिजोआज शैक्षिक जागरण र सामाजिक कार्यक्रमको अभियानले न्यून हुँदै गएको छ ।

Comments

comments