जिल्ला अस्पताल तथा कर्मचारी आवास हस्तान्तरण

Dho certificate

रसुवा, बैशाख १० गते । भूकम्पका कारण ध्वस्त जिल्ला अस्पताल तथा कर्मचारी आवास एक कार्यक्रमकाबीच हस्तान्तरण भएको छ । सोमबार नेपाल रेडक्रस सोसाईटी केन्द्रीय अध्यक्ष संजीव थापाले जिल्ला स्वास्थ्य प्रमुख डा गुणानिधी शर्मालाई भवन हस्तान्तरण गर्नुभयो ।

अस्पताल निर्माण भएपछि उपचारका लागि आउने सेवाग्राही खुशी भएका छन् । अत्यावश्यक स्वास्थ्य सेवा लिन आउने सेवाग्राही भवन अभावले फर्कने गरेपनि अहिले त्यहाँबाट उपचार सुरु भएको छ । ०७२ साल बैशाख १२ को भूकम्पले क्षतिग्रत भई टेन्ट र त्रिपालमै सिमित अस्पताल तीनवर्ष पछि पछि निर्माण भएपछि रसुवा जिल्ला अस्पतालले सेवा सुरु गरेको हो ।

नवनिर्मित अस्पताल तथा आवास अर्ध स्थायी (सेमी परमानेन्ट) भवनबाट सेवा सञ्चालनका लागि निर्माण कार्य सम्पन्न भई रसुवा जिल्ला अस्पताल एक कार्यक्रमका बीच भवनको साँचो र स्वामित्व हस्तान्तरण गरिएको छ । क्यानेडियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले निर्माण गरेको प्रिफ्याब प्रविधिको अस्पताल भवनको स्वामित्व प्रमाणपत्र हस्तान्तरण तथा शिलालेख अनावरण भएको हो । अस्पताल भवन निर्माणका लागि १ करोड ६८ लाख ९३ हजार ३ सय ८४ रुपियाँ, आवास गृह गरी २ करोड ८८ लाख ३३ हजार, उपकरण फर्निचर समेत गरी कुल ५ करोड ४३ लाख ९३ हजार ८ सय ४४ रुपियाँ खर्च भएको रेडक्रस जिल्ला सभापति बाबुलाल तामाङले बताउनुभयो ।

एक वर्षअघि नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्य मन्त्रालयका बीच अस्पताल भवन र आवास गृह निर्माणको लागि सम्झौता भएको थियो । कर्मचारी आवास गृहको आगामी भर्खरै पुनःनिर्माण सम्पन्न भएको हो भने अस्पताल तीन महिना अघि नै निर्माण भएको हो । रेडक्रसको अन्तर्राष्ट्रिय समिति र क्यानेडियन रेडक्रसका आवास निर्माण भएको हो । पाँचवटा शौचालयसहित २५ कोठे भवन ३ सय ६३ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । रेडक्रसले जिल्ला अस्पतालका कर्मचारी आवासको लागि २६ कोठाको आवास भवन निर्माण भएको छ । अस्पतालबाट अझ प्रभावकारी सेवा पु¥याउने मद्दत जिल्ने जिल्ला स्वास्थ्य प्रमुख डा शर्माले बताउनुभयो । कार्यक्रममा क्यानाडियन रेडक्रस तथा अन्तराष्ट्रिय रेडक्रसका प्रतिनिधीहरु सहभागी थिए ।

धुन्चेमा एक कार्यक्रममा जिल्ला अस्पताल तथा कर्मचारी आवास हस्तान्तरण प्रमाण पत्र लिदै जिल्ला स्वास्थ्य प्रमुख डा गुणानिधी शर्मा

तस्वीर : हेमनाथ खतिवडा रसुवा ।

Comments

comments