जिल्ला समन्वय समिति पदाधिकारीको पद वहाली

rasuwarasuwa

०७४ साउन २७ गते

रसुवाको जिल्ला समन्वय समितिका प्रमुख लगायत पदाधिकारीहरु भएमालेको प्यानल विजय भएको छ । एक कार्यक्रमका बीच पद तथा गोपनियताको सपथ ग्रहण गरी शुक्रबार पदवहाली गरेका छन् ।

जिल्ला अदालतमा समितिका प्रमुख कुलप्रसाद भट्ट तथा उपप्रमुख छोपेमा तामाङलाई जिल्ला न्यायधिश रामराजा उप्रतीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो । तत्कालै प्रमुख भट्टले सवै सदस्यहरुलई सपथ ग्रहण गराउनुभयो ।

rasuwa

rasuwa

साउन २१ गते निर्वाचन प्रक्रियाका लागि मनोनयन गर्ने क्रममा नेकपा एमाले स्थानीय निकायको निर्वाचनमा पाँच गाउँ पालिकामा २ अध्यक्ष र ५ वटै उपाध्यक्ष जितेर बहुमत प्राप्त गरेपछि एमाले बाहेक अरुले मनोनय नगरेपछि एमाले नेता कुलप्रसाद भट्ट लगायत पदाधिकारीहरु सर्वसम्मत वियज भएका थिए ।

dcc
जिल्ला समन्वय समितिमा पदवहाली पछि बधाई ज्ञापन कार्यक्रममा सांसद जनार्दन ढकाल र छोवाङ तेन्जिङ तामाङ, नेकपा एमाले केन्द्रीय सदस्य माधब अर्याल, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत कृष्ण बिक, गैसस महासंघ अध्यक्ष शारदा आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष हेमनाथ खतिवडालगायले शुभकामना दिनुभएको थियो ।
यस अघि नेकपा एमालेको जिल्ला सचिवालयको बैठकले भट्टलाई समन्वय समितिको सभापतिमा सिफारिस गरेको थियो । दश मतमा ७ मत एमालेसँग रहेको छ । नयाँ शक्तिसँग १ र नेपाली काँग्रेससँग २ मत रहेको छ । नयाँ शक्तिबाट निर्वाचत पार्वती कुण्ड गाउँ पालिका अध्यक्ष बुचुङ तामाङले समेत सर्मथन गरेका थिए । dcc (2)

पार्टीको नवौं सचिवालय बैठकले प्रमुख भट्ट, उप प्रमुख छोपेमा तामाङ, सदस्यहरूमा सुशीला तामाङ, नुर्पुछिरिङ तामाङ , तेम्पाग्याल्बो घले, चित्रकुमारी न्यौपाने, अर्जुनप्रसाद पौडेल, कृष्णप्रसाद सुवेदी रमेश , शारदा गुरुङलाई सर्वसम्मत पठाउने निर्णय गरेको थियो । ०४९ मा सरमथली गाविस ७ बाट वडा अध्यक्ष , ०५४ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन पनि वडा अध्यक्ष जित्दै जिविस सदस्य समेत रहेका भट्टलाई पार्टीले योगदान तथा स्थानीय निकाय सञ्चालनको अनुभव रहेकोले उक्त जिम्मेवारीमा पठाउने निर्णय भएको तामाङले बताउँनुभयो ।

शसस्त्र द्धन्दका क्रममा तत्कालीन पार्टी सचिव तथा जिविस सभापति भीमलाल हिराचनको माओवादीहरु हत्या गरेपछि उक्त जटिल परिस्थितीमा पार्टीको २ कार्यकाल नेतृत्व सम्हाल्नुभएको कार्यक्रममा चार्चा भएको थियो ।

Comments

comments