दोस्रो जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

sport newssport news

रसुवा, असोज १० गते । विजय दशमी तथा दिपवली ०७६ को अवसरमा कालिका गाउँपालिका स्थित सुन्धारा युवा क्लवको आयोजनामा साताव्यापी दोस्रो जिल्ला स्तरिय खुला फुटवल सुरु भएको छ ।  ०७६ असोज १० देखि १८ गतेसम्म प्रतियोगिता हुनेछ ।

sport news

sport news

एक कार्यक्रमकावीच कालिका गाउँपालिका–३ धारापानी स्थित खेल मैदानमा प्रमुख अतिथि प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले व्यानर खोल्दै रेफ्रि निरज बुढालाई फुटवल हस्तान्तरण गर्दै उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै कार्यक्रममा प्रमुख अतिथि उपसभामुख तामाङले स्वस्थ रहन र समग्र विकासका खेल आवश्यक रहेकोले खेल क्षेत्रको विकासका लागि बिभिन्न तहका सरकारले ध्यान दिनुपर्ने बताउँदै खेल क्षेत्रमा निकै अघि बढेको सुन्धारा युवा क्लवलाई शुभकामना दिनुभयो ।

कार्यक्रम प्रदेश सभा सांसद तथा प्रदेश ३ का उपसभामुख  तामाङले रसुवा जिल्लाको खेल क्षेत्रमा रहेको समस्यालाई मध्येनजर गर्दै प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै तीनै तहका सरकार तथा जनप्रतिनिधीहरूलाई दोहो¥याएर संविधान अध्ययन गर्न सुझाव दिनुभयाे । “ संविधानले दिएका अधिकार क्षेत्र भित्र रहेर समन्वय गरेर जानुको सट्टा एक्ला एक्लै दौडिन खोज्दा समस्या भएको छ उहाले भन्नु भयो, “नेपालको संघीयता विशिष्ट प्रकृतिको भएकाले तीनै तहले एक अर्काको अस्तित्व स्वीकार्दै सहकार्य गरेर जानु अपरिहार्य रहेको छ । ” Rasuwa_jillastariya_fotball-1

कार्यक्रममा संबिधान सभा सदस्य छोवाङतेन्जिङ तामाङ, वडा अध्यक्ष पुष्पराज न्यौपाने, नेकपा नेता यमनाथ आचार्यलगायतका अतिथीहरूले शुभकामना दिनुभयो । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य माधब अर्याल, कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, नेकपाका जिल्ला कमिटी सचिव इन्द्र गाैतम जगतजंग, नेताहरू टिका देवकाेटा, अर्जुन देवकाेटालगायत सहभागी थिए ।IMG_6642

पछि परेको खेल क्षेत्रलाई सुधारा गर्दै राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्ने प्रमुख उद्देश्यलाई मध्यनजर गर्दै खुला फुटबल खेल आयोजना गरिएको अयोजक सुन्धारा युवा क्लवका  जिल्लाभरका २० वटा टिम दर्ता भएको र खेल असोज १८ गतेसम्म हुने आयोजक सुन्धारा युवाक्लवका सचिब धनबहादुर तामाङले जानकारी दिनुभयो । सहिद स्मारक सी डिभिजन लिग छनौट खेलबाट सुन्धारा क्लवले फुटवलमा चर्चा कमाएको थियो । खेलमा विजयी  हुने टिमलाई क्रमशः सिल्ड, मेडेल र प्रमाण – पत्रका साथमा नगद ५० हजार, ३० हजार र २० हजार नगद प्रदान गरिने आयोजक सुन्धारा युवा क्लवले जनाएकाे छ । वेस्ट किपर, फर्वाडलाई पनि आकर्षक पुरस्कारको ब्यवस्था रहेको र  १८ गते सम्म सञ्चालन हुने खेलमा २० टिम दर्ता भएको छन् ।  पहिलो खेल सुन्धरा युवा क्लब बि र कैदलेटार एकता क्लबबीच खेल भएको छ । खेलाडीहरूकाे उत्साहपूर्ण सहभागिता रहेकाे छ ।IMG_6662

तस्वीर :  सुन्धारा युवा क्लवको आयोजनामा स्तरिय खुला फुटवल प्रतियोगिता उद्घाटन गर्दै प्रदेश नं ३ का उपसभामुख राधिका तामाङ

तस्वीर : हेमनाथ खतिवडा,  रसुवा

Comments

comments