जिल्ला स्तरीय फुटबलमा ठूलोगाउँ ‘ए’ समूह विजयी

Rasuwa_jillastariya_fotball-1

रसुवा, असोज १८  गते । विजया दशमी तथा शुभदिवापलीको अवसरमा सञ्चालन भएको दोस्रो खुला जिल्लास्तरीय फुटबल प्रतियोगितामा ठूलोगाउँ ‘ए’ समुह पेनाल्टी सुटआउटमार्फत ५–४ अन्तरले विजयी भएकोछ ।

कालिका गाउँपालिका स्थित सुन्धारा युवा क्लवको आयोजनामा साताव्यापी दोस्रो जिल्ला स्तरिय खुला फुटवल प्रतियोगितामा ठूलोगाउँ ‘ए’ र धुन्चे बीच भएकोफाइन लखेलमा पेनाल्टीसुट आउटमार्फत ठूलोगाउँ ‘ए’ विजयी भएकोहो । आयोजक सुन्धरा युवा क्लव र कालिका ब्वाइज बीच भएको सेमिफाइनल खेलमा पनि कालिकाले पेनाल्टीमार्फत ३–२अन्तरले विजयी भएको थियो ।

जिल्लाभरका २० टिमले खेलमा भाग लिएको आयोजक सुन्धारा युवाक्लवका सचिब धनबहादुर तामाङले जानकारी दिनुभयो । सहिद स्मारक सी डिभिजन लिग छनौट खेलबाट सुन्धारा क्लवले फुटवलमा चर्चा कमाएको थियो । सुन्धरा युवाक्लबले आयोजना गरेको प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वित्तीय हुनेलाई ३०हजार र तृतीय हुने टिमलाई २०हजार नगद, सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

Comments

comments