जेलबाट जेलकाे गेटैमा

लामो समयदेखि कारागार जीवन बिताई रहेका  नुवाकोटका सुर्यबहादुर तामाङले आफुले देखे भोगेका जेल भित्रको यथार्थ चित्रण गर्दै साङगीतिक इतिहासमै पहिलो पटक जेल जीवनको यथार्थ चित्रण गर्दै गीतको शब्द रचना गरेका छन् ।

आफुले ९/१० वर्षको भोगाई अनि कसरी मानिस जेल जीवनको सजाय काट्न बाध्य हुन्छ र जेल भित्रको भोगाइ र त्यहा भित्र के कस्ता कुराहरु सिक्न  सकिन्छ भन्ने कुराहरुका साथै अपराध न्यूनीकरणको सन्देशका भाव गीतमा समावेश भएकाे  छ । गीतलाई मिठास पुर्णढंगले चर्चित गायक रामजी खाड र गायिका शान्ती श्री परियारले गाउनु भएकाे छ भने गीतलाई मीठो संगित भरेका छन् बिशल निरौलाले । गीतको अडियो रचनाकार सुर्य तामाङको आफ्नै युट्युबमार्फत सार्वजनिक भएकाे छ । मर्मस्पर्शी गीत सबैले मन पराई दिनु हुनेछ भन्ने अशाका साथ गीतको भिडियो चाडै ल्याउने तयारी भइरहेको जानकारी द दिए ।

Comments

comments